प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सिजी महाबिर सबल केन्द्रको शुभारम्भ (अडियो सहित)

0


श्रीधर उपाध्याय
देवचुली, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आज सिजी महाबिर सबल केन्द्र ( कृत्रिम हात खुट्टा जडान स्थायी केन्द्र) को शुभारम्भ गर्नुभएको छ । नवलपुरको पर्यटकीय गन्तब्य शाश्वत धाममा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कृत्रिम हात खुट्टा जडान स्थायी केन्द्रको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि अरुको अंङ्गको साहारामा बाँचेको १२ बर्ष पुगेको बताउँदै कृत्रिम अंगको आजको युगमा आवश्यकता रहेको बताउनुभयो । यस कामको थालनी सिजी महाबीर सबल केन्द्रले थालनी गरेकोमा शुभकामना दिनुभएको छ ।

कार्यक्रममा उद्योगपति तथा चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले नेपालमा एक लाख व्यक्तिमा कृत्रिम खुट्टाको आवश्यकता रहेको बताउँदै यस अघि नै काठमाडौँ र गैँडाकोटमा रहेको सहज अस्पतालबाट पाँच सय जना भन्दा बढीमा कृत्रिम खुट्टा जडान गरिसकिएको बताउनुभयो ।

सिजी महाबिर सबल केन्द्र ( कृत्रिम हात खुट्टा जडान स्थायी केन्द्र) को रुपमा गैँडाकोट ४ मा रहेको सहज अस्पताल रहनेछ । कार्यक्रममा सहज हेल्थ फाउण्डेसनका अध्यक्ष करुणा सागर सुवेदी र सहज अस्पतालका अध्यक्ष तीर्थराज रिमालले निशुल्क कृत्रिम हात खुट्टा जडान सहितको नमुना पुनस्थापन केन्द्रका लागि माग पत्र प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेका थिए ।

यस कार्यक्रम अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटकीय तथा धार्मिक आध्यात्मीक क्षेत्र शाश्वत धामको दर्शन तथा अवलोकन गर्नुभएको थियो ।

Share.

Leave A Reply