लक्ष्मीनारायण मन्दिर सेवा समिति गैडाकोट १ मा सत्तल बनाईने÷नयाँ अध्यक्षमा गौडेल चयन

0


डोलराज रानाभाट, असार ७, गैडाकोट ।  गैडाकोट १ मा रहेको प्रशिद्ध लक्ष्मीनारायण मन्दिर सेवा समिति गैडाकोट १ को ११ औँ साधरण सभा तथा पाचौँ अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले १३ जना नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा शोभानाथ गौडेल, उपाध्यक्षमा रिता श्रेष्ठ, सचिवमा रुपनारायण अधिकारी,कोषाध्यक्षमा लिना सुवेदी, सहसचिवमा थमनाथ पोखरेल, सहकोषाध्यक्षमा रिषीराम सापकोटा चयन हुनुभएको छ । त्यसतै सदस्यहरुमा माधव प्रसाद अधिकारी, मणिरत्न पौडेल, ददीराज सुवेदी, प्रेम वहादुर कार्की, कमला लामिछाने रहनुभएको छ । त्यस्तै लेखासमितिको संयोजकमा गिरिराज उपाध्याय, सदस्यहरुमा सन्त वहादुर रानाभाट र खिमा गिरी चयन हुनुभएको छ । वडान १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहसचिव रिषीराम सापकोटाले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष चतुर्भुज भट्टराइले पेश गर्नुभएको थियो ।

शोभानाथ गौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्दिरको दुइ कठ्ठा जग्गामध्ये वाँकीरहकेको जग्गामा छिट्टै शत्तल समेत निर्माण गर्नेगरि काम अघि बढाइएको लेखा समिति संयोजक गिरिराज उपाध्यायले जानकारी दिनुभयो । धार्मिक पर्यटक भित्राउन सक्ने गरि काम अघि बढाइएको मन्दिर आफ्नै जग्गामा स्थिपित हो भने विशेष गरि अखण्ड किर्तन,तीजको पन्चमीमा मेला लाग्ने गर्दछ । अहिले सत्तलको डिजाइन तपार पारेर प्रदेश सरकारमा पेश गरिएको उपाध्याको भनाई छ ।

Share.

Leave A Reply