देश समृद्धिको बाटोमा अघि बढ्यो ; प्रधानमन्त्री ओली (अडियो सहित)

0


श्रीधर उपाध्याय
कावासोती, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर विकासका दृष्टिले अघि रहेको बताउँदै जिल्लाको सदरमुकाम नेपालकै नमुना सदरमुकाम हुने बताउनुभएको छ । कावासोतीमा भएको नमुना नवलपुर सदरमुकामको शिलन्यास कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सदरमुकामलाई खानेपानी, स्वास्थ्य, यातायात लगायतका विविध पक्षको पूर्ण सुविधाको हुने बताउनुभएको छ ।

एक सय ७९ विगाह खाली जग्गामा नमुना सदरमुकाम बन्नेछ । अहिले छरिएर रहेका संघ तथा प्रदेश मातहतका सबै कार्यालयहरु एकै स्थानमा निर्माण हुनेछन् । नागरिकलाई सहज र सरल रुपमा सेवा उपलब्ध गराउन नवलपुरको सदरमुकाम कावासोती नगरपालिका–३, मा रहेको खुल्ला चौरमा एकीकृत कार्यालय स्थापना गर्ने योजना रहेको छ । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभएको छ ।

नवलपुर सम्भावनाको खानी भएको भन्दै उहाँले देशकै सबैभन्दा ठुलो फलामखानी नवलपुरमै रहेकाले यसलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभयो । उद्घाटन कार्याक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भुमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल, प्रतिनिधिसभा सदस्य तिलक महत, गण्डकी प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता कृष्ण चन्द्र नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका अध्यक्ष चेसराम आलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply