खाजा खान लगेको पैसा मृगौला पिडितलाई

0
तिलक सुवेदी / नवलपुर ।
गैडाकोटमा रहेको विजय सामुदायिक शिक्षा सदनका विद्यार्थिले मृगौला पिडित बालीकालाई १० हजार ४० रुपैया सहयोग गरेका छन । बिद्यार्थीले आफुले खाजा खाने पैसा कटौती गरेर गैंडाकोट नगरपालिका ५ निवासी १३ बर्षिय बालिका कगंना गुरुड्डलाई सहयोग गरेका हुन ।
विजय सामुदायिक शिक्षा सदनका कार्यकारी अधिकृत खेम सापकोटाले विद्यार्थिहरुले आफ्नो उमेरकी कगंनालाई सहयोग गर्दा आफुलाई खुशि लागेको बताउनु भयो । उहाँले सानै उमेरबाट बिद्यार्थीहरुले सामाजिक उत्तरदायीत्व बहन गरेको बताउनुभयो ।
कार्यकारी अधिकृत सापकोटाले सामजिक काम र मानव सेवामा लाग्नु समाज परिबर्तनको एउटा खुट्किला रहेको बताउनु भयो । विजय सामुदायिक शिक्षा सदनका शिक्षक विराट सापकोटाले भन्नुभयो विद्यार्थि र शिक्षक संगबाट उठेको रकम १० हजार ४० रुपैया सहयोग गरेको बताउनुभयो ।
बिद्यार्थीहरुले सहयोग गर्न पाउदा खुशी लागेको प्रतिक्रिया दिएका छन । विजय सामुदायिक शिक्षा सदनका शिक्षक कविता कंडेल भुसाल  विद्यार्थिहरुले सहयो रकम हस्ताक्षण गरेका थिए ।
कगंना गुरुड्डको दुई वटै मृगौंला फेल भएको र आर्थिक अभाव रहेको भन्दै विजय एफएम र विकास टोल विकास संस्थाले अग्रह गरीरहेको  छ ।
मामा सानोकान्छा गुरुड्डले भन्नुभयो यदि कगंनालाई सहयोग गर्न चहानेहरुले काठमाण्डौं सोह्रखुट्टेमा मामा सानोकान्छा गुरुड्ड र आमा कल्पना गुरुड्डको नाममा रहेको राष्ट्रीय वाणिज्य बैंक खाता नम्बर ११५००४२६५११० मा जम्मा गरीदिनुहुन समेत अनुरोध गर्नुभयो ।
Share.

Leave A Reply