गैडाकोट दुर्घटना ः नक्कली र सक्कली ट्रक चालकलाई सवारी ज्यान तथा किर्ते मुद्दा

0

डोलराज रानाभाट, असार ११, गैडाकोट । नवलपुरको गैडाकोट २ स्थित पूर्व पश्चिम राजमार्गमा सोमवार राति भएको दुर्घटनामा संलग्न ट्रकका नक्कली र सक्कली दुवै चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ । दुवैजनालाई सवारी ज्यान तथा किर्ते मुद्दामा हिजो असार १० गतेदेखि लागु हुने गरी सम्मानित नवलपुर जिल्ला अदालतको आदेशले ६ दिन म्याद थप गी अनुसन्धान तिव्र पारिएको छ ।

प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार ठक्कर दिने ट्रकका चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका १५ बस्ने बर्ष २४ का रन्जित लामा फरार रहेको घटनामा उक्त सवारीको चालकको रुपमा उपस्थित भएको नक्कली सवारी चालक सोहि ठाउँ बस्ने बर्ष २८ का सन्जित लामा भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । दुर्घटना गराउने चालक लाई हिजो मकवानपुरको  हेटौडा उपमहानगरपालिका १५  रातमाटे बाट पक्राउ गर्न गैडाकोट प्रहरी सफल भएको थियो । अहिले दुवैजनालाई सवारी ज्यान तथा किर्ते मुद्धामा कारवाही अघि बढाइएको छ ।

यहि असार ९ गते नवलपरासी जिल्ला वर्दघाट सुस्ता पुर्ब गैडाकोट २ स्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेको ना ७ ख ७७१ नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको ना २७ प ५३६ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक  भरतपुर म.न.पा. नं.२० चितवन घर भई हाल  गैडाकोट २ बस्ने बर्ष ४० का तिलचन्द्र अधिकारी घाईते भई उपचारको लागी नया मेडिकल कलेज भरतपुर तर्फ लगेकोमा सोहि दिन मृत्यु भएको थियो ।

ट्रकका धनी भने अहिलेसम्म मृतकका आफन्तसँग वार्ता गर्न आएका छैनन् । दबाब स्वरुप नेविसंघ चितवन र नवलपुरले आज एक घण्टा पूर्व पश्चिम सडकखण्डको गैडाकोट प्रहरी कार्यालय अघि चक्काजाम गरेका थिए ।

Share.

Leave A Reply