विद्यार्थीहरुद्वारा सिकेको सीप साटासाट/कुमारी नृत्य प्रदर्शन

0


बाबुराम पोख्रेल, गैंडाकोट,३० वैशाख। गैंडाकोट नगरपालिका वडा नं. ५ स्थित विजय सामुदायिक शिक्षा सदन तथा सोही नगरपालिकाको वडा नं. ८ कालिका चोकमा अवस्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आपूmले सिकेका सीपहरुलाई हिजो एकआपसमा साटासाट गरेका छन् ।


विद्यार्थीको प्रतिभा तथा उनीहरुलाई नेपाली तथा अन्तरराष्ट्रिय कलासंस्कृतिका विषयमा ज्ञान दिने उद्देश्यका साथ विजय सामुदायिक शिक्षा सदन तथा कालिका माध्यमिक विद्यालय गैंडाकोटमा अध्ययनरत विद्यार्थीहरुले ब्रिटिस काउन्सिलको आइएसए अन्तर्गत पब्लिक प्राइभेट पार्टनरसिपको प्रोजेक्ट नम्बर तीन ‘जोय अफ जात्रा ः इन्द्र जात्रा एन्ड कुमारी जात्रा’ प्रोजेक्टमा कालिका माध्यमिक विद्यालयको सभाहलमा कुमारी नृत्य प्रस्तुत गर्नुका साथै हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेका छन् । आइएसए अन्तर्गतको यस कार्यक्रममा विद्यालयले कालिका माध्यमिक विद्यालयसँग समन्वय तथा सहकार्य गर्दै विद्यार्थीहरुको सीप तथा कलालाई एकआपसमा साटासाट गरी सिकाइको गुणस्तर अभिवृद्धि गर्दै आइरहेको छ ।

सभाहलमा भएको कार्यक्रममा विजय सामुदायिक शिक्षा सदनको तर्फबाट ३ जना तथा कालिका माध्यमिक विद्यालयको तर्फ २ जना गरी पाँच विद्यार्थीहरुले कुमारी नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकार्य गर्दै आइरहेको विद्यालय कालिका माध्यमिकका तर्फबाट हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त हाजिरी जवाफ प्रतियोगितामा पुनः विजय सामुदायिक तथा कालिका मा.वि को तर्फबाट आठ÷आठ जना विद्यार्थीहरु सहभागी भएका थिए । उक्त  हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थीहरुले नेपाली जात्रा, संस्कृतिलगायत अन्तराष्ट्रियतर्फ भारत तथा चीनमा मनाइने जात्राको विषयमा प्रश्नहरु गरिएको कार्यक्रममा विद्यार्थीहरुद्वारा नै प्रश्नहरु तयार गरी कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा विजय सामुदायिक शिक्षा सदनका सञ्चालक समिति सदस्य रत्नप्रसाद सापकोटा, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेल, विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रामचन्द्र न्यौपाने, दुवै विद्यालयका अभिभावक प्रतिनिधि, शिक्षक–शिक्षिकाहरुको उपस्थिति रहेको कार्यक्रममा हाजिरी जवाफ प्रतियोगितामा विजय विद्यार्थीहरुलाई पुरस्कार तथा सम्पूर्ण सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम विजय सामुदायिकका तर्फबाट सहायक प्रधानाध्यापक तथा आइएसए कोर्डिनेटर रेखा श्रेष्ठ र कालिका माध्यमिक विद्यालयका तर्फबाट उक्त प्रोजेक्टको संयोजन गरिरहनुभएका शिक्षक विमर्श पौडेलले सहजीकरण गर्नु भएको थियो ।

Share.

Leave A Reply