ईमेज इन्स्टिट्युटको शाखा गैडाकोट १६ अमरापुरीमा

0

पवित्रा पराजुली ।
गैंडाकोट । नारायणगढ पुलचोकमा रहेको ईमेज इन्स्टिट्युटले गैडाकोट १६ अमरापुरीमा शाखा कार्यालय स्थापना गरेको गरेको छ । सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि गैंडाकोट १६ का वडा अध्यक्ष गोवर्धन ज्ञावालीले इन्स्टिट्युटबाट गैंडाकोट र देवचुली नगरपालिकाका बिद्यार्थिवर्गलाई सहज हुने बताउनुभयो । गंैडाकोट नगरपालिका वडा नम्बर १४ की वडाअध्यक्ष कोकीसरा राना मगरले उच्च शिक्षा हासिल गर्नका लागि जापान जान चाहने बिद्यार्थिलाई यसले धेरै सहयोग पुग्ने बताउनुभयो । वडा नम्बर १५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । वडा नम्बर १७ का वडा अध्यक्ष रत्नबहादुर खड्काले गुणस्तरिय रुपमा शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो ।

गैंडाकोट वडा नम्बरको १६ को १६ नम्बर चोकमा कार्यालय स्थापना पश्चात बोल्दै ईमेज इन्स्टिट्युटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीले जापनिज भाषा सिक्नका लागी टाढा जानुपर्ने अवस्थाको अन्त्य गर्न ईमेज इन्स्टिट्युटले सम्पर्क कार्यलयको स्थापना गरेको बताउनुभयो । साथै उहाँले यस इन्स्टिट्युटमा दक्ष र अनुभवी शिक्षकहरुबाट जापनिज भाषा सिकाईने जानकारी दिनुभयो । कार्यक्रमा बोल्दै जनमुखी आर्दश कलेजका प्रमुख केशव घिमिरेले धेरै पैसा तिरेर टाढा गएर जापनिज भाषा सिक्नुपर्ने बिद्यार्थिको समस्या समाधान हुने बताउनुभयो । इन्स्टिट्युटका सस्ंथापक सानोभाई वुढाथोकीको अध्यक्षतामा सम्पन भएको कार्यक्रमको सहजिकरण सञ्जयकुमार देवकोटाले गर्नुभएको थियो ।

Share.

Leave A Reply