विनोद रानाभाटको रिहाइका लागि अभियान्ता भूषाल मार्फत ७ लाख ८२ हजार संकलन

0

डोलराज रानाभाट, १७ असार, गैडाकोट । अक्टोवर ३० सन् २०१९ अघिनै २ लाख ६० हजार कतारी रियल ब्लडमनि तिर्नुपर्नेगरी कतारको जेलमा रहनुभएका विनोद रानाभाटको रिहाइका लागि अभियान्ता अर्जुन भुषालले आज ७ लाख ८२ हजार ६ सय ७१ रुपैया खातामा जम्मा गर्नुभएको छ । माडीका कृष्ण वहादुर रानाभाटको संयोजकत्वमा गठित “विनोद रानाभाट रिहाई उद्दार समिति” (जुन रकम व्यवस्थापनको आधिकारि एक मात्र समिति) को कृषी विकास वैँकमा रहेको खातामा आजन जम्मा गरिदिनुभएको हो ।

देश तथा विदेशमा रहनुभएका नेपालीहरुले रानाभाटको रिहाईका लागि भूषाल मार्फत संकलन भएको रकम  आज  परिवार तथा रानाभाट तथा भाट समाज नेपालका केन्द्रीय महासचिव हरि वहादुर रानाभाटको रोहवरमा खातामा जम्मा गर्नुभएको हो । सामाजिक कार्यक्रमा सक्रिय भुषालसँगको प्रतिक्रियामा विनोदका बुबाले सहयोगी मुटुहरुलाई आभार व्यक्त गर्दै छोरा फर्कने आशा बढ्दै गएको बताउनुभयो । अभियान्ता भुषाललाई आभार व्यक्त गर्दै उहाँले सहयोग हातहरु अझै धेरै फैलिन आवश्यक रहेको बताउँदै सवैमा हृदयदेखि आभार व्यक्त गर्नुभएको थियो । आफ्नो गास तथा घरपरिवारका समस्यालाई पनि टाढा राखेर सहयोग गर्नुभएको प्रति नमन व्यक्त गर्नुभएको थियो । सधैँ आँशुले भरिनुभएकी आमाले पनि सवैमा धन्वयाद दिनुभयो ।

साथै रानाभाट तथा भाट समाज नेपालका महासचिव हरिवहादुर रानाभाटले रिहाइ अभियानलाई सहयोग गर्ने हातहरुलाई सलाम व्यक्त गर्दै अभियान्त भुषाललाई आभार व्यक्त गर्नुभयो साथै थप सहयोगमा अघि बढ्न अनुरोध गर्नुभएको छ । त्यस्तै वसन्तराज भाटले पनि घरदैलो कार्यक्रम मार्फत आर्थिक संकलन गर्नुभएको छ । त्यस्तै सानै उमेरमा पनि सामाजिक कार्यमा लाग्नुभएका स्मृती ढकालले विभिन्न स्कुल र कलेजमा गएर सहयोग संकलन गर्नुभएको छ । हालसम्म २० देखि २५ हजार संकलन भएको र अलि धेरै भएपछि परीवारलाई हस्तान्तरण गर्ने बताउनुभयो ।

Share.

Leave A Reply