गुरुकुल शिक्षाका लागि गैँडाकोट उपयुक्त स्थान – कुल सचिव झा

0


गैँडाकोट, १ चैत । नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीहरुबाट गैँडाकोट १ मा रहेको रामानुज वेद विद्याश्रम संस्कृत गुरुकुलम र निम्बार्क संस्कृत गुरुकुलम्को अनुगमन तथा निरिक्षण भएको छ । विहिबार विहान नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव प्राध्यापक कार्तिकेय झा, शिक्षाध्यक्ष प्राध्यापक रमेशप्रसाद ढकालले अनुगमन तथा निरिक्षण गर्नुभएको हो ।

झा र ढकालले गुरुकुलको शैक्षिक उन्नतीका लागि सम्भावित क्षेत्रहरुको स्थलगत अवलोकन गरिरहेको बताउनुभयो । स्थान र भौतिक संरचनाका लागि वेदविद्याश्रम गुरुकुलम र निम्बार्क संस्कृत गुरुकुल उपयुक्त स्थान रहेको बताउनुभयो । गुरुकुलमा उच्च शिक्षाका लागि आचार्य र शास्त्री तहका लागि योजनागत रुपमा अघि बढ्न प्रस्ताव गर्दै त्यसका लागि आवश्यक सहयोग आफूहरुबाट हुने कुल सचिव कार्तिकेय झाले बताउनुभएको वेद विद्याश्रमका सचिव जगन्नाथ उपाध्यायले जानकारी दिनुभएको छ ।

विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक विकासकालागि योजनागत रुपमा अघि बढ्ने गुरुकुलका अध्यक्ष केशवप्रसाद सापकोटाले बताउनुभएको छ । अनुगमनका क्रममा प्रध्यापक संघका केन्द्रीय सदस्य प्रकाश तिवारी, कालिका संस्कृत विद्यापीठका तर्फबाट डा. गोपीनाथ कंडेल, स्रिसकुमार झा, भुवन डाँगी, राधाकान्त झा लगायतको उपस्थिति रहेको थियो । वेदविद्याश्रमका तर्फबाट स्वामी श्यामकृष्णमाचार्य, उपाध्यक्ष गोविन्द सुवेदी, प्राध्यापकहरु पुरुषोत्तम पौडेल, दामोदर सापकोटा लगायतको उपस्थिति रहेको थियो । सनातन वैदिक धर्म, संस्कृती , सभ्यता र परम्पराको आधार वेद र वेदागंहरुको अध्ययनको लागि रामानुज वेद विद्याश्रमको स्थापना भएको हो । एक दर्जन भन्दा बढी विद्यार्थीहरु बैदिक दर्शनको अध्ययन गरिरहेका छन् ।

Share.

Leave A Reply