घर बनाउनुस् : विनोद चौधरी

0

तिलक सुवेदी,जेठ ११/नवलपुर । नेपाली काँग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले हावाहुरी पिडित देवचुलीबासीलाई तत्काल घर बनाउन आग्रह गर्नुभएको छ । सो कार्यमा उहाँले सहयोग गर्ने प्रतिवद्धता सहित जस्ता पाता सहयोग गर्नुभएको छ ।
जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले देवचुलीका दुई सयभन्दा धेरै घरका छानो उडाएको थियो । शनिबार क्षती पुगेका घरहरुको अनुगमन तथा पिडित परिवारसँगको भेटघाटपछि सांसद चौधरीले छिटै घर निमार्ण गर्न अनुरोध गर्नुभयो ।
आफु नवलपुरवासी भएको जनताको प्रतिनिधीत्व गर्दै संसदमा आवाज उठाईरहेको प्रसंग जोड्दै उहाँले जनताको दुःख देख्न नसक्ने बताउनुभयो । चौधरी उद्योगग्राम यसै स्थानमा रहेको र यहाँका स्थानियको सहयोगले आफु यो स्थानमा रहेको बताउँदै उहाँले यहाँहरुलाई सहयोग गर्नु आफ्नो दायित्व भएको समेत बताउनुभयो ।
असअघि बिहिबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको थियो । नगरपालिकाको अध्ययन टोलीले हावाहुरी पिडितका लागि तत्काल सबैभन्दा आवश्यकता जस्ता पाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले जस्ता पाताको व्यवस्था मिलाउनु भएको थियो ।
शनिबार हावाहुरी प्रवाभित क्षेत्रमा पुग्नुभएका सांसद चौधरीलाई स्थानियले घर मात्र नभई बर्षभरी खाने खेती पनि हावाहुरीले नष्ट गरिदिएको गुनासो गरेका थिए । स्थानियको कुरा सुनेपछि सांसद चौधरीले बासको जोहो गरेपछि गासको जोहो पनि गर्ने आश्वासान दिनुभयो । सांसद चौधरीले उपलब्ध गराएको सहयोग करिब १० लाख रूपैयाँ बराबर रहेको चौधरी फाउण्डेशनका सामाजिक उत्तरलायित्व महाप्रवन्धक रामचन्द्र धितालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply