गैँडाकोटको समृद्धिका लागि सञ्चार अभियान सकरात्मक छ – नगरप्रमुख पौडेल

0


गैँडाकोट, ३ अषाढ । गैँडाकोट नगरपालिकाको समृद्धिका लागि सञ्चार अभियानको प्रतिवेदन गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेललाई हस्तान्तरण गरिएको छ । सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायले प्रतिवेदन नगरप्रमुख पौडेललाई हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदन बुझ्दै नगरप्रमुख पौडेलले स्थानीय तहको विकासका लागि विजय एफएमले खेलेको भूमिका सकरात्मक र रचनात्मक रहेको बताउनुभयो । नगरप्रमुख पौडेलले आगामी दिनमा सामुदायिक रेडियो विजय एफएमसंग नगरको विकासका लागि हातेमालो गरेर अघि बढ्ने बताउनुभयोे । गैँडाकोट नगरपालिकाको समृद्धिका लागि आयोजित रेडियो छलफल कार्यक्रमका सुझाब तथा निष्कर्षहरुलाई प्रतिवेदनमा समेटिएको थियो ।
रेडियो छलफल कार्यक्रम गँैडाकोट नगरपालिकाको सहयोगमा सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाले आयोजना गरेका थिए ।  गैँडाकोट नगरपालिकाको समृद्धिको अभियानका लागि आयोजित रेडियो छलफल कार्यक्रममा सरोकारवालाहरुले राखेका सुझाब तथा विचारलाई विचार विमर्श गर्ने नगरप्रमुख पौडेलले बताउनुभएको छ । रेडियो छलफल कार्यक्रममा सरोकारवालाहरुले गैँडाकोटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, कृषि र पर्यटनलाई जोड दिनुपर्ने, स्थानीय संघसंस्थाको भूमिकालाई बढाउनुपर्ने, विकास निर्माणको अभियानमा युवा सहभागिता बढाउनुपर्ने, विपद् व्यवस्थापनका लागि कोष बनाउनुपर्ने, करको शुल्क भन्दा पनि दायरा फराकिलो बनाएर अघि बढ्न सके नगरको समृद्धि हुने बताएका थिए । प्रतिवेदन हस्तान्तरण कार्यक्रमको सहजीकरण जनसम्पर्क अधिकारी तिलक सुवेदीले गर्नुभएको थियो ।

Share.

Leave A Reply