गैडाकोट ५ मा युवाक्लव गठन/वडाको विकासमा सहयोग गर्न अध्यक्षको आग्रह

0


डोलराज रानाभाट,गैडाकोट, ११ वैशाख । गैडाकोट ५ मा युवा क्लव गठन गरिएको छ ।

वडा समिति, टोलविकास संस्था एवम् वडाभित्रका युवाहरुको भेलाले शिरिष सिग्देलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति रहने गरि क्लव गठन गरिएको हो । वडा सदस्य हरिप्रसाद ढकाल संरक्षक रहने गरि गठन गरिएको क्लवको उपाध्यक्षमा प्रकृती कडेँल,सचिवमा संयोग रेग्मी,कोषाध्यक्षमा शरद रिमाल, सहसचिवमा संगीता भण्डारी चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा संञ्जय पौडेल, सञ्जय अधिकारी, मेनुका सुनार,विदिता रिजाल, सौगाता पराजुली,धनराज कंडेल, तृप्ती चालिसे, प्रकाश अर्याल, पूजा सापकोटा रहनुभएको छ । गठन गरिएको क्लवले वडाको विकास र सरसफाई तथा वालमैत्री निर्माणमा सहयोग पुर्याउन वडाअध्यक्ष नवराज कडेँलले आग्रह गर्नुभएको छ ।

साथै अध्यक्ष कडेँलले यदि क्लवले वेरोजगार युवाहरुको डाटाहरु ल्याएमा स्वरोजगार बनाउन आवश्यक कार्यक्रम संचालन गर्न आफू तयार रहेको बताउनुभयो । कार्यक्रममा नगरकार्यपालिकाका सदस्य कुमारी रेखा पौडेल, वडासदस्य पार्वती सापकोटा, वडा टोल संजालका उपाध्यक्ष विष्णु सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply