गैडाकोटको नगरसभा असार १८ मा तर बजेट कहिले कहिले ?

0

डोलराज रानाभाट, १२ असार, गैडाकोट । असार १० भित्र बजेट प्रस्तुत गर्न नसकेको गैडाकोट नगरपालिकाले यहि असार १८ गते नगरसभा गर्ने भएको छ । आज नगरपालिकामा बसेको कार्यपालिका बैठकले असार १८ गते बजेट सार्वजनिक गर्नेगरि छलफल अघि बढेको बताइएपनि अन्तत नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गर्ने गरि उक्त मिति तोकिएको छ । बजेटको अंकनै सार्वजनिक गर्न तयारी नपुग्ने भएपछि नगरसभा उद्घाटन सत्र मात्रै संचालन गर्ने गरि असार १८ गतेको मिति तोकिएको हो । उम मेयर पनि स्वास्थ्य उपचारपछि फर्किसक्नुभएको र अव स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठक बसेर सिलिङ तोकिने बताइएको छ  । नगर प्रमुख छत्रराज पौडेल संयोजक रहने उक्त समितिले शनिवार सम्म बजेटको सिलिङ तोक्निे र राजश्व परामर्श समितिको बैठक पनि छिट्टै बसेर असार १८ गते नगरसभा बसि उद्घाटन सत्र संचालन गरिने बताइएको हो । विभिन्न उपसमितिहरुको बैठकलाई तिव्रता दिँदै बजेटको अंक पनि छिट्टै  सार्वजनिक गर्ने गरि कार्यपालिकाको बैठकमा छलफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० भित्र बजेट पेस गरेका र नगरेकाहरुलाई तीन दिनभित्र मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ । मन्त्रालयले (बुधबार) एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । समयमा बजेट नल्याउने स्थानीय तहलाई अनुदान नदिने सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिँदै आएको छ ।

Share.

Leave A Reply