बुलिङटार गैडाकोट सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न÷अध्यक्षमा कमाल चयन

0


डोलराज रानाभाट, असार ७, गैडाकोट । जन्मभूमिको विकासकालागि बुलिङ्गटारमा जन्मिएर गैडाकोटमा रहेका व्यक्तिहरुको समाज बुलिङ्गटार गैडाकोट सम्पर्क समाजको प्रथम अधिवेशन तथा साधरण सभा आज शनिवार सम्पन्न भएको छ । गैडाकोट ४ स्थित जयश्री सामुदायिक वनको सभाकक्षमा सम्पन्न अधिवेशनले ३ वर्ष कार्यकालका लागि खड्क वहादुर कमालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको दुइ उपाध्यक्षमा भगवान घिमिरे र दुर्गा वहादुर मश्राङ्गी मगर रहनुभएको छ । त्यस्तै महासचिवमा राजु पुरी, सचिवमा बेल वहादुर दरै,कोषाध्यक्षमा प्रिथ वहादुर रानामगर चयन हुनुभएको छ भने सदस्यहरुमा पूर्ण वहादुर डिसुवा मगर, शेर वहादुर खाण ठकुरी, राधा वस्ताकोटी,निशा पाटा, लोक प्रसाद रामदाम, कृष्ण प्रसाद लामिछाने, र विपिन रानाभाट चयन हुनुभएको छ । त्यस्तै वैधानिक सल्लाहाकारहरुमा कृष्ण प्रसाद घिमिरे, ध्रवराज नन्द, चेसराम आले, डोलनाथ पाण्डे, होमराज रानाभाट, शशिकिरण वस्तोकोटी, टंक प्रसाद माकिम र मैना विक रहनुभएको छ ।

तदर्थ समिति विघटन गरि वनाइएको नयाँ समितिले बुलिङ्गटार क्षेत्रको विकास र उन्नती तथा त्यहाँका स्थानीय उत्पादनलाई वृद्धि गर्न विशेष कार्यक्रम संचालन गर्ने अध्यक्ष खड्क वहादुर कमालले प्रतिवद्धता जनाउनुभएको छ । विशेषगरि त्यहाँ भएका धार्मिक पर्यटकीय क्षेत्रको विकास र शिपमुलक तालिम संचालन गर्नेगरि अघि बढाइने उहाँको भनाई छ । साधरण सभा समेत भएकाले वेल वहादुर दरैले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रिथ वहादुर रानाले आथर््िाक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सभासद कृष्णचन्द्र नेपाली, विष्णु लामिछाने, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले, बुलिङ्गटार गाउँपालिकाका उपाध्यक्ष मैना विक, गैडाकोट ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने,जिल्ला शिक्षा अधिकारी नवलपरासीका प्रमुख डोलराज पाण्डे, एसपीएम कलेजका अध्यक्ष महेन्द्रभक्त अधिकारी, समाजसेवी तिलक सापकोटा, टंक प्रसाद माकिम, नेपाल पत्रकार महासंघ नवपलपुरका अध्यक्ष होमराज रानाभाट लगायतले कार्यक्रममा बोल्नुभएको थियो । सचिव राजु पुरीले संचालन गर्नुभएको कार्यक्रममा लोकदोहोरी गायिका सपना परियार र लोकदोहोरी गायक दिल सिं सुश्लीङले सांगितिक प्रस्तुती दिनुभएको थियो ।

Share.

Leave A Reply