गैडाकोट पम्पिङ्ग खानेपानीमा राजनीति/अध्यक्षका लागि २ प्यानल र एक स्वतन्त्र उम्मेदवार

0

डोलराज रानाभाट, १ असार , गैडाकोट । अन्तत गैडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा राजनीति हावी भएको छ । नगरका मुख्य राजनीतिक दल नेकपाका अध्यक्ष षडानन्द लामिछाने र नेपाली काँग्रेसका सभापति तारापति खरेल सहित गठन गरिएको सहमति समितिनै यसको तथ्य हो राजनीति हावी भएको  । संस्थामा आवद्ध व्यक्तिहरुको क्षमता, कार्यप्रगति, इच्छाशक्ति आदिलाई मध्यनजर गरेर नयाँ कार्यसमिति चयन गर्नुपर्नेमा राजनीति भागवण्डा मिलाएर समिति चयन गर्ननै मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई राखेर सहमति समिति गठन गरिएको थियो ।

दुइ जना राजनीतिक दल र एक जना वुद्धिजिवीबाट चेतनाथ भुषाललाई राखेर गठन गरिएको समितिलाई सर्वसम्मत वनाउन जेठ ३२ सम्मको समय दिइएको थियो । तर राजनीतिक दलको भागवण्डा नमिलेर स्वतन्त्र उम्मेदवार हुने देखिएपछि अन्तत दुइवटा राजनीतिक प्यानल र एक जना स्वतन्त्र उम्मेदवार गरि ३ जनाले अध्यक्ष पदका लागि आज मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवार केशवराज शर्माले विजय एफएमसँग कुरा गर्दै क्षमता र कार्यप्रगतिको आधारमा व्यक्ति चयन हुने अवस्था नभएपछि आफू स्वतन्त्र भएर उम्मेदवारी दिएको बताउनुभयो । “राजनीतिक दलका खल्तीबाट मान्छे ल्याइयो” उहाँले भन्नुभयो,“खानेपानी जस्तो स्वच्छ संस्थालाई राजनीतिको अखडा वनाउने देखेपछि उम्मेदवारी दिएँ ।”

अरु भोटको आसा नभएपनि आफ्नै भोट दिने असल र  नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति आउने अवस्था नभएपछि उम्मेदवारी दिन वाध्य भएको उहाँको भनाई छ । त्यस्तै नेकपा प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका बलराम चालिसेले सहमतिका लागि आफू अध्यक्ष पद छोड्न तयार रहदा पनि अन्य पदमा समेत स्थान दिने संकेत नभेटेपछि प्यानलगत चुनावी प्रकृयामा जानुपरेको बताउनुभएको छ । उता काँग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका शोभाखर रिमालले पनि काँग्रेस एमाले सहितको टिमले समिति गराउन नसकेपछि प्यानलगत चुनवामा जानुपरेको बताउनुभएको छ ।

साथै सहमति हुन सक्ने आशा अव तुहिएको पनि दावी गर्नुभयो । निश्चित समयभित्र सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि वढेको निर्वाचन समिति संयोजक जनकराज ढु∙ानाले जानकारी दिनुभयो । अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । जसमा शोभाखर रिमाल, बलराम चालिसे र केशवराज शर्मा रहनुभएको छ ।

शोभाखर रिमाल नेपाली काँग्रेस प्यानलबाट र बलराम चालिसे नेकपाको प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने केशवराज शर्मा स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

काँग्रेस प्यानलको अन्य पदहरुमा  उपाध्यक्षमा तारा शर्मा,सचिवमा डिल्लीराज घिमिरे,कोषाध्यक्षमा रोशन सापकोटा र सहसचिवमा श्याम गौतमले उम्मेदवारी दिनुभएको छ । त्यस्तै नेकपा प्यानलबाट उपाध्यक्षमा भूमा पुन, सचिवमा श्रीहरी चालिसे, कोषाध्यक्षमा कृष्ण पौडेल, सहसचिवमा श्रीराम सुवेदीले उम्मेदवारी दिनुभएको छ ।

१३ जना कार्यसमिति र ३ जना लेखा समित गरेर १६ जना आवश्यक पर्नेमा ३५ जनाले उम्मेदवारी दिनुभएको छ ।  ३२ जना दुइ पार्टीबाट र स्वतन्त्रबाट अध्यक्षमा केशवराज शर्मा, कोषाध्यक्षमा गोपेन्द्र केशरी न्यौपाने र सदस्यमा भोझराज भट्टराई ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

भोलि  १ बजेसम्म उम्मेदवारी फिर्ता, २ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको छ । सहमतिका लागि राजनीति कुरा नमिलेपछि अन्नत खानेपानी संस्थाको इतिहासमै पहिलो पटक निर्वाचन हुने भएको हो । असार ५ गते बिहान ८ बजेदेखी १ बजेसम्म मतदान हुने उल्लेख छ । संस्थाले यसअघि क्षेत्रगतरुपमा उपभोक्ता प्रतिनिधी गठन गरिसकेको छ । ७ वटा कलस्टरबाट चयन गरिएका २५९ जना प्रतिनिधीबाट नयाँ समिति चयन गरिने निर्वाचन समिति सदस्य गोपालप्रसाद गौतमले जानकारी दिनुभयो ।

यस अघिका समिति गठनपनि राजनीति दलको प्रतिनिधित्वको आधारमा हुनेभएपनि सतहमा देखिने गरि प्यानलनै वनाएर उम्मेदवारी भने दिएका थिएनन् ।

Share.

Leave A Reply