गैडाकोट पम्पिङ सपथ ग्रहण । आँशु खस्यो व्यवस्थापकको /खानेपानीमा राजनीति हुन नदिन सवैको सुझाव

0


डोलराज रानाभाट,असार ६, गैडाकोट । गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोट ४ का नव निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रम एकाएक शान्त भयो ।

कार्यक्रममा आफ्नो भनाई राख्न व्यवस्थापक रविन्द्रराज घिमिरेलाई निर्वाचन समितिका सदस्य गोपाल प्रसाद गौतमले बोलाएपछि सम्वोधन सम्म सामान्यरुपमा बोलिरहनुभएका व्यवस्थापक घिमिरे जव अन्य समितिहरुसँग काम गरेको अनुभव सुनाउँदै संस्थाको परिचयतर्फ बोल्दै हुनुहुन्थ्यो तव एकाएक गला अवरुद्ध भयो ।

अहिले सम्म सयौँ थुङ्गा फूलहरुको माला जस्तै गरि समितिहरु आएको बताउँदै तर अहिले माला त आएको तर सयौँ थुङ्गाहरुको माला वन्ने कि नवन्ने भन्ने काम गर्दै जाँदा थाहा हुने बताउनुभयो । अवरुद्ध गलासहित घिमिरेले भन्नुभयो,“जे भएपनि हामी गौरव गथ्र्यौ ।

नेपालभर घुम्दाफेरि गैडाकोट खानेपानी भनेर हामी जित्थ्यौँ । अहिले सम्म हारेका थियौँ घिमिरे झन् भावुक वन्दै भन्नुभयो हामी कोहि भन्दा कमजोर छैन भन्थ्यौँ । अवको समितिले पनि त्यहि अनुसारको काम गरोस् । निर्वाचित भाछम् हामी धेरै भोट ल्याछम ठुलै नेता बनेर आको भनेर कसैले नसोचेर कामलाई प्राथमिकता दिम् ।” अहिले जसरी संस्थाको परिचय उच्च छ त्यहि अनुसारको प्रगति थप हासिल गर्न सक्ने गरि कार्य गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नगरसभापति तारापति खरेलले असिमित चाहानालाई सिमित गर्नुपर्ने भएकाले मात्रै चुनावमा गएको बताउनुभयो ।

चुनावबाट आइसकेपछि अव नितान्त खानेपानीको विकासमा लाग्नुपर्नेमा जोड दिँदै अझैपनि १५ देखि २५ प्रतिशत फोहोर पानी पम्पिङबाट आइरहेकोले मिनरल पानीको शुद्धता सरहको पानी वितरण अवको चुनौति रहेको र त्यसमा ध्यान दिन सुझाव दिनुभयो । जमिनमुनिको पानीको आयु लामो नभएको भन्दै विभिन्न वैकल्पिक पानीको स्रोत खोज्दै अघि बढ्न आग्रह गर्नुभयो । उहाँको पनि मुख्य आशय खानेपानीमा राजनीति नगर्न र योजनाहरु निर्माणमा सल्लाह लिन आग्रह गर्नुभयो ।

निर्वाचन समितिका संयोजक जनकराज ढुँगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै नेकपा गैडाकोट नगरका अध्यक्ष षडानन्द लामिछाने नियोजित रुपमा चुनावी प्रकृयामा धकेलेको आरोप लगाउनुभयो । सहजीकरण समिति सदस्य समेत रहनुभएका लामिछानेले प्रतिनिधि छनौटदेखिनै निर्वाचन भएर आउनुपर्ने बताउँदै सहमति जुटाउने समितिको बैठक एक पटक मात्रै राखेकोमा असन्तुष्टी जनाउनुभयो ।

कुनै एक व्यक्तिले समितिको बैठक नराखेको भन्दै समितिको अधिकारलाई टोकरीमा थन्काइएको गुनासो गर्नुभयो । व्यवस्थापक घिमिरेको भावुकतालाई सम्झदै उहाँले चुनौति थपिएको बताउँदै पार्टीको सहयोग त रहने तर मूल्य समायोजन, सुकुम्वासी वस्तिहरुमा खानेपानीको सहज पहुँच गराउन माग गर्नुभयो ।

सवैको भाषण चाखपूर्वक सुनेर वसिरहनुभएका नवनिर्वाचित अध्यक्ष शोभाखर रिमालले आफूसँग राम्रो अनुभव रहेकाले संस्थालाई राजनीतिकरण हुन नदिने प्रष्ट पार्नुभयो । हरेक योजनाहरु सर्वसम्मतीका आधारमा अघि बढ्ने बताउँदै सवैले सहयोग गरे कुनैपनि काम गर्न अप्ठेरो नहुने बताउनुभयो ।

खानेपानीको बैकल्पिक स्रोतको खोजी देखि शुद्धिकरणमा आफू लागिपर्ने उहाँको भनाई थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष राम वहादुर खड्का,भूमा पुन, निर्वाचन समितिका सदस्य केशव प्रसाद सापकोटा,गोपाल प्रसाद गौतम लगायतले बोल्नुभएको थियो ।

Share.

Leave A Reply