गैडाकोट पम्पिङ स्किम खानेपानीको नेतृत्वमा काँग्रेस प्यानलनै विजयी (मत सहित)

0

डोलराज रानाभाट/माया कडेँल, असार ५, गैडाकोट ।  गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वमा काँग्रेसको प्यानल नै विजयी भएको छ । काँग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका शोभाखर रिमाल १५६ मतका साथ विजयी हुनुभयो भने नेकपाबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका रिमालका प्रतिद्धन्द्धी बलराम चालिसेले ९० मत प्राप्त गर्नुभयो । त्यस्तै काँग्रेसबाट उपाध्यक्षमा तारादेवी शर्मा गौतम १४९ मतका साथ विजयी हुनुभयो भने उहाँको प्रतिद्धन्द्धी नेकपाबाट भुमा पुन थापा मगरले ९९ मत प्राप्त गर्नुभयो ।काँग्रेसबाट सचिबमा डिल्लीराज घिमिरे १५० मत सहित विजयी हुँदा नेकपाबाट उहाँका प्रतिद्धन्द्धी श्रीहरी चालिसेले १०० मत प्राप्त गर्नुभयो । काँग्रेसबाट कोषाध्यक्षमा रोशन सापकोटा १५४ मत सहित विजयी हुँदा नेकपाबाट उहाँका प्रतिद्धन्द्धी कृष्ण पौडेलले ९२ मत प्राप्त गर्नुभयो । त्यस्तै सहसचिबमा षडानन्द उपाध्ययाप श्याम १४१ मत सहित विजयी हुनुभयो भने उहाँका प्रतिद्धन्द्धी श्रीराम सुवेदीले  १०१ मत प्राप्त गर्नुभयो । त्यस्तै महिला सदस्यहरु तर्फ काँग्रेसबाट राधिका सापकोटा पाठक १४० मत, शान्ति सुवेदी १३८ मत र गिता तिवारी १४६ मत सहित विजयी हुनुभयो भने नेकपाबाट शुभद्रा आचार्य पोखरेलले १०० मत,  सुन्तली चौधरी थारुले ९८ र  वसन्ती गौतम भट्टराईले ९५ मत मात्रै प्राप्त गर्नुभयो ।
यसैबिच खुल्ला सदस्य तर्फ काँग्रेस प्यानल नै विजयी भएको छ । खुल्ला सदस्यमा खडानन्द काफ्ले १४२ मत, नन्दप्रसाद घिमिरे १४१ मत, महेन्द्र कार्की १५२ मत, नरबहादुर कुमाल १४५ मत र विपिनभक्त अधिकारी १५२ मत सहित विजयी हुनुभएको छ । खुल्ला सदस्य पदमा नेकपा तर्फका  अर्जुन पोखरेलले १०० मत, कृष्णराज पराजुलीले १०३ मत, खुमराज तिमिल्सीनाले ९१ मत, एकदेव घिमिरेले ८९ मत र रामनाथ अधिकारीले ७८ मत मात्रै प्राप्त गर्नुभयो ।
त्यस्तै लेखा समितिमा पनि लोकतान्त्रि प्यानलले नै जित हाँसिल गरेको छ । लेखा समिति संयोजकमा लोकतान्त्रिक प्यानलका रत्नप्रसाद सापकोटा विजयी हुनुभएको छ । उहाँले १२७ मत प्राप्त गर्दा नेकपा प्यानलबाट उहाँको प्रतिद्धन्द्धी राधादेवी आचार्य लामिछानेले १०२ मत मात्रै प्राप्त गर्नुभएको थियो । लेखा सदस्यमा लोकतान्त्रीक प्यानलका नारायण सुवेदी १४१ मत र हरि पौडेल १४२ मत सहित विजयी  हुँदा नेकपाका सदस्य पदका उम्मेदवार खुमनाथ पौडेलले ९४ र ज्ञानेन्द्र अधिकारीले ८२ मत मात्रै प्राप्त गर्नुभयो ।

Share.

Leave A Reply