गैडाकोट पम्पिङमा काँग्रेस प्यानलनै विजयी/ ‘नयाँ बोरिङ निर्माण हुन्छ ‘ ः अध्यक्ष रिमाल (मत सहित)

0

डोलराज रानाभाट÷माया कडेँल, असार ५, गैडाकोट । गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वमा काँग्रेसको प्यानल नै विजयी भएको छ । काँग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका शोभाखर रिमाल १५६ मतका साथ विजयी हुनुभयो भने नेकपाबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका रिमालका प्रतिद्धन्द्धी बलराम चालिसेले ९० मत प्राप्त गर्नुभयो । त्यस्तै काँग्रेसबाट उपाध्यक्षमा तारादेवी शर्मा गौतम १४९ मतका साथ विजयी हुनुभयो भने उहाँका प्रतिद्धन्द्धी नेकपाबाट भुमा पुन थापा मगरले ९९ मत प्राप्त गर्नुभयो ।

काँग्रेसबाट सचिबमा डिल्लीराज घिमिरे १५० मत सहित विजयी हुँदा नेकपाबाट उहाँका प्रतिद्धन्द्धी श्रीहरी चालिसेले १०० मत प्राप्त गर्नुभयो । काँग्रेसबाट कोषाध्यक्षमा रोशन सापकोटा १५४ मत सहित विजयी हुँदा नेकपाबाट उहाँका प्रतिद्धन्द्धी कृष्ण पौडेलले ९२ मत प्राप्त गर्नुभयो । त्यस्तै सहसचिबमा षडानन्द उपाध्ययाप श्याम १४१ मत सहित विजयी हुनुभयो भने उहाँका प्रतिद्धन्द्धी श्रीराम सुवेदीले  १०१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै महिला सदस्यहरु तर्फ काँग्रेसबाट राधिका सापकोटा पाठक १४० मत, शान्ति सुवेदी १३८ मत र गिता तिवारी १४६ मत सहित विजयी हुनुभयो भने नेकपाबाट शुभद्रा आचार्य पोखरेलले १०० मत,  सुन्तली चौधरी थारुले ९८ र  वसन्ती गौतम भट्टराईले ९५ मत मात्रै प्राप्त गर्नुभयो ।


यसैबिच खुल्ला सदस्य तर्फ काँग्रेस प्यानल नै विजयी भएको छ । खुल्ला सदस्यमा खडानन्द काफ्ले १४२ मत, नन्दप्रसाद घिमिरे १४१ मत, महेन्द्र कार्की १५२ मत, नरबहादुर कुमाल १४५ मत र विपिनभक्त अधिकारी १५२ मत सहित विजयी हुनुभएको छ । खुल्ला सदस्य पदमा नेकपा तर्फका  अर्जुन पोखरेलले १०० मत, कृष्णराज पराजुलीले १०३ मत, खुमराज तिमिल्सीनाले ९१ मत, एकदेव घिमिरेले ८९ मत र रामनाथ अधिकारीले ७८ मत मात्रै प्राप्त गर्नुभयो ।

त्यस्तै लेखा समितिमा पनि लोकतान्त्रि प्यानलले नै जित हाँसिल गरेको छ । लेखा समिति संयोजकमा लोकतान्त्रिक प्यानलका रत्नप्रसाद सापकोटा विजयी हुनुभएको छ । उहाँले १२७ मत प्राप्त गर्दा नेकपा प्यानलबाट उहाँको प्रतिद्धन्द्धी राधादेवी आचार्य लामिछानेले १०२ मत मात्रै प्राप्त गर्नुभएको थियो । लेखा सदस्यमा लोकतान्त्रीक प्यानलका नारायण सुवेदी १४१ मत र हरि पौडेल १४२ मत सहित विजयी  हुँदा नेकपाका सदस्य पदका उम्मेदवार खुमनाथ पौडेलले ९४ र ज्ञानेन्द्र अधिकारीले ८२ मत मात्रै प्राप्त गर्नुभएको स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।

पानीको थप स्रोत खोज्दै २४ घण्टा पानी उपलब्ध गराउनेछु ः अध्यक्ष रिमाल

यसैविच निर्वाचित भएको केहि क्षणमै विजय एफएमसँग बोल्दै नव निर्वाचित अध्यक्ष शोभाखर रिमालले गैडाकोटमा पानीको माग पम्पिङले मात्रै नथाम्ने भन्दै खानेपानीको थप स्रोत खोज्ने र चौविस घण्टा शुद्ध खानेपानी उपलब्ध  गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । लोकतान्त्रीक पद्धती भएका कारण हार जित स्वभाविक भएको भन्दै काम गर्ने समयमा कोहि यो पार्टी र त्यो पार्टी नभन्ने उहाँको भनाई छ ।

सवै मिलेर सँगै विकास गर्ने प्रतिवद्धता सहित चुनावी प्रकृयामा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सवैमा धन्यवाद दिँदै नेपाल सरकारका विभिन्न नियकासँग जोडवल सहित खानेपानी योजनाका लागि बजेट पार्दै नयाँ बोरिङको स्थापना गर्ने बताउनुभयो । नदी तथा खोलामा खानेपानीको नयाँ स्रोत पहिचान गर्ने उहाँले बताउनुभयो ।

३ बर्षे कार्यकालमा सवैलाई मिलाएर लैजाने र केहि दिनमै नव नर्वाचित समितिको बैठक वसेर थप योजनाहरु सार्वजनिक गर्ने बताउनुभयो । साथै खानेपानीको चुनावी प्रकृयामा राजनीति माध्यमबाट चुनाव लडेपनि संस्था अन्य कार्यमा कुनैपनि राजनीति नहुने प्रष्ट पार्नुभयो । लामो समय अध्यक्षमा रहेर नेतृत्व गरिसकेका कारण कहाँ के समस्या छ भन्ने थाहा भएको र त्यहि अनुसारका कार्यक्रम निर्माण गर्ने भनाई रिमालको छ ।

Share.

Leave A Reply