गैँडाकोटमा उच्च रक्तचापका विरामी बढ्दै/ मे मापन कार्यक्रममा १७० बढीको स्वास्थ्य परिक्षण

0


गैँडाकोट ।
गैँडाकोटमा रहेको आयामिक विकास तथा अनुसन्धान मञ्च र नेफा गण्डकी प्रदेशको आयोजनामा बुधवार गैँडाकोटमा मे मापन महिना कार्यक्रम गरिएको छ । गैँडाकोट नगरपालिकाको कार्यालय अघि मधुमेह र उच्च रक्तचापको निशुल्क परिक्षण गर्दै कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलको स्वास्थ्य परिक्षण गर्दै गरिएको थियो । कार्यक्रममा करिब १७० जनाको उच्च रक्तचाप र मधुमेह परिक्षण गरिएको छ । आजको परिक्षणबाट गँैडाकोटमा मधुमेहको तुलनामा उच्च रक्तचाप बढीमा देखिएको छ । गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा यो अभियान सञ्चालन भइरहेको छ । गण्डकी प्रदेश भरी ११ हजार भन्दा बढीको मधुमेह तथा उच्च रक्तचाप परिक्षण गरिएको छ ।

Share.

Leave A Reply