नेबिसंघद्वारा गैंडाकोटमा एक घण्टा चक्काजाम/ट्रक धनी वार्ताका लागि आएनन्

0

सुजल गिरी, असार ११, गैडाकोट । सोमवार राति गैडाकोटमा मोटरसाइकललाई ठक्कर दिने ट्रकका धनी परिवारजनसँग वार्तामा आउन अटेर गरेका छन् । घटना भएको आज तीन दिनहुँदा सम्म पनि दोस्रो पक्षलाई पठाएर आफू भने नआएका हुन् । छलफलका लागि मुख्य धनी नआएपछि मृतकका आफन्त थप आक्रोसित वनेका छन् ।

मृतक नेबिसंघ चितवनका नेता साविक क्षेत्र नं ४ का नेबिसंघ क्षेत्रीय सभापति समेत हुनुहुन्थ्यो । ट्रकका धनी वार्तामा नआएपछि  दबाव स्वरुप नेपाल बिद्यार्थी संघ नवलपुर र चितवनले गैंडाकोटमा आज १ घण्टा चक्काजाम गरेको छ । गैँडाकोटको ईलाका प्रहरी कार्यालय अगाडि १ घण्टा चक्काजाम गरिएको थियो।

ट्रक धनी सम्पर्कमा नआएको र नक्कली चालक र नक्कली चालक पत्र देखाई घटनालाई थप उत्तेजित र भड्किलो बनाउन स्वयं जिम्मेवार पक्ष नै लागेको हुँदा दोषीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्ति को माग गर्दै चक्काजाम गरिएको नेबि संघ चितवनका जिल्ला सभापति सूर्य ढकालले बताउनुभयो। ढकालले सहजीकरण गर्नुभएको कार्यक्रममा चितवन जिल्लाका पार्टी सचिव राजीव न्यौपाने र नेबिसंघ नवलपुर जिल्ला सभापति राजेश पौडेलले मन्तव्य दिनुभएको थियो।

मन्तव्य दिने क्रममा नवलपुर जिल्ला सभापति पौडेलले प्रशासनले सम्बन्धित व्यक्तिलाई नबोलाई घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको थियो साथै घटनाको सत्यतथ्य छानवीन गरी मृतकलाई कानूनीरुपमा क्षतिपूर्ति दिनका लागि जोडदार माग समेत गर्नुभयो।

कार्यक्रममा  चितवन जिल्लाका पार्टी उपसभापति कैलाश कोइराला, नेविसंघका पूर्व केन्द्रीय सदस्य गोकुल सापकोटा, नवलपुर तरुणदल सचिव गोपाल सापकोटा,  नेबिसंघ का  नेता परमेश्वर खनाल, प्राविधिक विद्यार्थी परिषद चितवनका अध्यक्ष रबिन क्षेत्री लगायतका व्यक्तिहरूको उपस्थिती रहेको थियो। यता गैडाकोट प्रहरीले पनि ठक्कर दिने चालकलाई पक्राउ गरिसकिएको र  मुख्य धनीलाई पनि वार्तामा आउन पटक पटक आग्रह गरिएको बताएको छ । वार्तामा वसेर माग सम्वोधन नहुदासम्म शव नवुझ्ने मृतकका आफन्तले बताएका छन् ।

Share.

Leave A Reply