गैडाकोट नगरपालिकाद्धारा आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक/६४ करोड ६८ लाखको बजेट

0


डोलराज रानाभाट, १८ असार, गैडाकोट । आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि गैडाकोट नगरपालिकाले नीति तथा कार्यक्रम र ६४ करोड ६८ लाख ७३ हजार ३९९ रुपैया वरावरको बजेट सार्वजनिक गरेको छ । गैडाकोटमा आज बसेको पाँचौ नगरसभामा गैडाकोटका मेयर छत्रराज पौडेलले नीति तथा कार्यक्रम र उपप्रमुख विष्णुकुमारी कडेँलले बजेटका अंक सार्वजनिक गर्नुभएको थियो ।

 

नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गर्ने भनिएपनि अन्तत बजेट सहित कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक बजेट अनुसार गैडाकोटका १८ वटा वडामध्ये ३, १४ र १८ लाई ८० लाखको बजेट सिलिङ दिइएको छ भने अन्य वाँकी वडाहरुलाई ७० लाखका दरले बजेट सिलिङपनि प्रदान गरिएको छ । बजेटको आयतर्फ आन्तरिक राजश्व शीर्षकबाट ६ करोड ७८ लाख, घरजग्गा रजिष्ट्रेशनबाट ३ करोड, मौज्दात तथा अन्य आयबाट ५९ लाख १२ हजार ३९९ गरि आन्तरिक स्रोतबाट कूल जम्मा १० करोड ३७ लाख १२ हजार ३९९ रुपैया अनुमान गरिएको छ ।

 

त्यस्तै नेपाल सरकारबाट प्राप्त वित्तिय समानकिरण अनुदानबाट १६ करोड ४३ लाख, सशर्त अनुदान मार्फत २२ करोड २१ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजश्व वाँडफाँडबाट १२ करोड १९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदानबाट १ करोड २९ लाख ८९ हजार, शसर्त अनुदान १ करोड, सोहि सरकारबाट हुने राजश्व वाँडफाँडबाट १ करोड ९३ हजार र वहुक्षेत्रीय पोषण कार्यक्रमबाट १७ लाख ७९ हजार सहित संघ तथा प्रदेशबाट प्राप्त हुने अनुदान ५४ करोड ३१ लाख ६१ हजार सहित कुल ६४ करोड ६८ लाख ७३ हजार ३९९ को कुल आयतर्फको बजेट सार्वजनिक गरिएको हो ।

त्यस्तै  खर्च तर्फ कार्यालय प्रशासनिकतर्फ ११ करोड ४८ लाख ६० हजार विनियोजन गरिएको छ भने सामाजिक विकास समितिलाई ४ करोड ३९ लाख, पूर्वाधार विकास समितिलाई ६ करोड ३१ लाख, वातावरण तथा विपद व्यवस्थापन समितिलाई ७० लाख, संस्थागत विकास तथा सेवा प्रवाह समितिलाई ५० लाख, विपद व्यवस्थापन कोष लगायत ७ वटा कोषका लागि ३५ लाख, वडागत विभाजन ८० लाखका दरले २ करोड ४० लाख र वाँकी वडाहरुलाई ७० लाखका दरले १० करोड ५० लाख, समपुरक अनुदानतर्फ १ करोड ५० लाख, लागत सहभागीता १ करोड ५० लाख र भैपरी आउने पुँजीगत खर्चतर्फ ५१ लाख ३४ हजार ३९९ अनि केन्द्र र प्रदेश सरकारका अनुदान कार्यक्रम गरि कुल ६४ करोड ६८ लाख ७३ हजार ३९९ रुपैया बजेट विनियोजन गरिएको छ । अन्य विषयसहित वृहत छलफल गर्नेगरि असार २५ गते पुन सभा बस्ने घोषणा सहित आजको उद्घाटन सत्र सकिएको थियो ।

Share.

Leave A Reply