गैडाकोट नगरपालिकाको नीति तथा कार्यक्रम पारित (पढ्नुहोस् सम्पुर्ण नालीवेली)/आर्थिक र विनियोजन विद्येयक पनि पारित

0

डोलराज रानाभाट, २५ असार, गैडाकोट । गत असार १८ गते सुरु भएको गैडाकोट नगरपालिकाको पाँचौ नगरसभा आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेट सहित दुइ वटा विद्येयक पारित गर्दै आज सकिएको छ । नगरप्रमुख छत्रराज पौडेलले प्रस्ताव पेश गरेपछि ध्वनीमतका आधारमा पारित भएको हो । नगरप्रमुख पौडेलले आर्थिक विद्येयक २०७६÷०७७, विनियोजन विद्येयक२०७६÷०७७ र आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेटको पारित गर्नकालागि प्रस्ताव पेश गर्नुभएको थियो । जसमा हुन्न भन्नेहरुको आवाज कसैको रहेको थिएन । यो सँगै आगमी साउन १ गतेदेखि नगरसभाले पारित गरेको कुल बजेट ६४ करोड ८५ लाख ७३ हजार ३ सय ९९ रुपैया खर्च गर्ने अख्तियारपनि प्राप्त गरेको छ ।

यसअघि कुल बजेट ६४ करोड ६८ लाख ७३ हजार ३ सय ९९ रुपैयाको पेश भएको थियो । सामी परियोजनाले दिएको १७ लाख रुपैयाको बजेट अहिले समावेश गरिएको छ । उपप्रमुख विष्णुकुमारी कडेँलले प्रस्तुत गर्नुभएको आर्थिक विद्येयक २०७६÷०७७ माथि १६ जना नगरसभा सदस्यहरुले आआफ्नो धारणा राख्दै छुटेका कार्यक्रम र बजेटको विषयमा भनाई राख्नुभएको थियो । सभामा बोल्दै राजेन्द्र प्रसाद उपाध्यायले विद्येयकहरु अध्ययन गर्ने समय छुट्टाएर असार २८ गतेका लागि पुन सभा राख्न माग गर्नुभएको थियो । त्यस्तै तेज प्रसाद घिमिरेले अहिलेको नीति तथा कार्यक्रममा धेरै पुराना कार्यक्रम भएको भन्दै पटक पटक घोषण गर्ने बजेट नछुट्याउने र के के प्रगति भयो भन्ने कुराको समिक्षा हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

नगर गौरवका योजना छनौट नभएका, गैडाकोट चक्रपथको प्रगति नदेखिनु, प्रत्येक वडा भवन बनाउने कुरा मात्रै भएको काम नभएको , सार्वजनिक शौचालय नहुनु, राजमार्ग छेउमा राखिएका ठूला ठूला बोर्ड हटाउने कार्यले निरन्तरता नपाउनु, विश्वविद्यालय संचालनको कुरामात्रै गर्ने तर काम नगरेको साथै मेयर र उपमेयर कप हुँदासम्म पनि जनप्रतिनिधिहरुलाई थाहानै नदिएको भन्दै यि कुराहरुको सम्वोधनमा लाग्न सुझाव दिनुभयो ।

‘दलित महिलाहरुलाई हेपियो’ 

सभामा बोल्दै उषा विक, कौशीला नेपाली लगायतले हिजो हेपेपनि जनप्रतिनिधि भएर आएपनि बजेट विनियोजनमा दलितमहिलाहरुका लागि कम बजेट छुट्याइएको भन्दै विभेद अन्त्य गर्न सुझाव दिनुभएको थियो ।

‘झोले किसानलाई दिइने अनुदान वन्द गरियोस’

आफ्नो समय आएपछि कडा रुपमा प्रस्तुत हुनुभएकी छविकला पाण्डेले झोलामा कृष समुह गठन गरि अनुदानको रकम खान पल्केकाहरुलाई तत्काल कारवाही गरि मुकुन्दपुर क्षेत्रलाई दुधको पकेट क्षेत्र घोषणा गर्न माग गर्नुभयो । जसले काम गर्छ त्यसलाई हो रकम दिने उहाँले भन्नुभयो दुधमा प्रतिलिटर रु. १ का दरले अनुदान दिन माग गर्नुभयो ।

‘नगर प्रमुख र उप प्रमुख बसेको सुहाएन’

कार्यक्रममा बोल्दै शुसीला परियारले नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कडेँल बस्ने ठाउँ फरक फरक वनाइएको भन्दै त्यसो नगर्न सुझाव दिनुभएको थियो । नगरप्रमुखलाई माथि एक्लै र मन्चभन्दा थोरै तल उपप्रमुख र प्रशासकिय अधिकृत रामप्रसाद आचार्यलाई एकै ठाउँमा देख्नुभएको उहाँले एकै लहरमा बसेर एकताको सन्देश दिँदा राम्रो हुने बताउनुभयो ।

‘बौद्धिक व्यक्तित्व’

नगरसभा सदस्य गोविन्द कोइराला शालिन रुपमा प्रस्तुत हुँदै असार १० भि त्र बजेट ल्याउन नसकेपछि ढिलो गरि आउँदापनि कार्यपालिका भित्रै असहमति हुनु राम्रो सन्देश नभएको बताउनुभयो । साथै कार्यपालिकाका वडानम्वर ३ का अध्यक्ष शिवकान्त तिवारीलाई बोल्न नदिनुभएका मेयरलाई कम्तिमा मिल्छ भने उहाँको आवाज पनि सुन्न आग्रह गर्नुभएको थियो । धेरैजसो समय उहाँले बोल्नुभएको सभामा विश्वविद्यालय निर्माण गर्ने जग्गा नतोकिदा समितिमा बसेर काम गर्नै अप्ठेरो परेको बताउनुभयो । कहिले कहाँ त कहिले कहाँबाट मान्छे आउनुहुन्छ उहाँले भन्नुभयो तर कहिले यता कहिले उता भन्दै जग्गा देखाउनुपर्ने वाध्यता छ । साथै उहाँले नीजि विद्यालयको शुल्क तत्काल तोक्न र हरियाली गैडाकोट बनाउने भए मसानघाट निर्माण तत्काल रोक्न आग्रह गर्नुभयो । सकिन्छ विद्युतीय शव दाहा वनाऔँ उहाँेले भन्नुभयो नसके देवघाटमा अन्त्येष्टी गर्नेगरी नारायणी किनारमा संसानघाट नवनाउन सुझाव दिनुभयो । साथै उपभोक्ता समिति बनाउने अहिलेको तरिकाले पारदर्शीता नभएको भन्दै टोलविकास संसलाई जिम्मा दिएर विकास निर्माणको कार्य गर्न सुझाव दिनुभयो ।

‘गैडाकोट ढाटको कुरा’

भर्खरै मात्र तीन पाँग्रेलाई १०, हलुका सवारीलाई ६० र भारी सवारीलाई १३० रुपैया तोकि आएको सडक वोर्डको शुल्क नगरपालिकाभित्रका स्थानीयले तिर्न नपर्नेगरि आफ्नो लविङ रहेको मेयर छत्रराज पौडेलले बताउनुभयो । संघीय र प्रदेश ऐन नवन्दा नीजि विद्यालयको शुल्क तोक्न नसकेको लगायत नगरसभा सदस्यहरुले उठाएको मागलाई सम्वोधन गर्नुभएको थियो । त्यस्तै विश्वविद्यालयको सन्दर्भमा पनि संघीय र प्रदेश सरकासँग कुरा भइरहेको तर ठोस उपलब्धी हुन नसकेको स्वीकार गर्नुभयो । साथै आगामी दिनमा विनियोजित बजेटको कार्यान्वयनका लागि मेरो पाटी र तेरो पाटी नभनी समग्र गैडाकोटको समृद्धका लागि सवैलाई एक जुट हुन आह्वान गर्नुभयो । २ वर्ष पुरा भएर ३ वर्षको कार्यकालको थालनी भएको भन्दै अवपनि एकअर्कोवीच रोकतोक गर्ने गरि अघि बढे जनताले नमान्ने बताउँदै नीति र नियममा आफू जहिले अघि बढ्न तयार रहेको बताउनुभयो । वडा ३ का अध्यक्ष शिवकान्त तिवारीलाई सभामा बोल्न नदिएको प्रति विजय एफएमले प्रश्न राख्दा उहाँले आचारसंहिताले नदिने बताउँदै कार्यपालिकामा छलफल भएर आइसकेको हुँदा सभामा बोल्न उचित नहुने प्रतिक्रिया दिनुभयो । यद्यथी वडा ३ का अध्यक्ष तिवारीको गुनासो भने पूर्वाधार विकास समितिमा आफ्ना वडालाई बजेट नपारेकोमा गुनासो रहेको वुझिएको छ ।

अहिलेको बजेटमा ३, १४ र १८ नम्वरलाई ८० लाखको सिलिङ दिइएको थियो भने अन्य वाँकी वडाहरुलाई ७० लाखको दरले सिलिङ तोकिएको थियो । आजै वडास्तरीय योजनाहरुपनि नगर उपप्रमुख विष्णुकुमारी कडेँलले बाचन गरि सुनाउनुभएको थियो । अधिकाँश वडाले यसवर्षपनि सडकल कालोपत्रेलाई प्राथमिकतामा राखेका छन् ।

करको दायरा बढे
झण्डै सवै किसीमका व्यवसायमा कर लगाइएको छ । अटो रिक्सा देखि विद्युतको पोलमा गरिने विज्ञापनमा पनि कर लगाइएको छ । करको दायरलाई हेर्दा यदि यसलाई कार्यान्वयनमा ल्याउन सक्यो भने नगरको आयमा राम्रो बृद्धि हुने देखिन्छ ।

Share.

Leave A Reply