ट्रकको ठक्करबाट गैडाकोट २ का अधिकारीको मृत्यु/ट्रक चालक फरार

0

डोलराज रानाभाट, असार १०, गैडाकोट । गएराति गैडाकोट नगरपालिका वडा नंम्बर २ स्थित पुर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट २ का तिलचन्द्र अधिकारी रहेको गैँडाकोट प्रहरीले जनाएको छ । राति ९ बजेर ५० मिनेटको  समयमा पश्चिमबाट पूर्व जादै गरेको ना ७ ख ७७१ नम्बरको ट्रकले ना २४ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिदा मोटरसाइकल चालक अधिकारीको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । उहाँको शव पोष्टमार्टमा का लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ । ठक्करदिने ट्रक प्रहरीको नियन्त्रणमा भएपनि चालक फरार रहेको र खोजी कार्य जारी रहेको गैडाकोट प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply