दुर्घटनामा परि बुलिङ्टार ३ का सन्यासीको निधन/ गिरीको अवस्था गम्भीर

0

हिमा अर्यालय, ३ असार, गैडाकोट । गैडाकोट नगरपालिका वार्ड नं. १० सिस्नेमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खादा  एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एक जना गम्भिर घाइते भएका छन् ।

नारायणगढबाट बुटवलतर्फ जादै गरेको लु १ ख ८३२६ नम्वरको  बस र विपरीत दिशाबाट आइरहेको ना ३३ प ८७६३ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटना गएराति ११ ः१५  मा भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडी बस्ने बुलिङटार गाउपालिका ३ वस्ने ५२ वर्षीय विरेन्द्रनन्द सन्यासीको उपचारको क्रममा आज विहान ६ बजे नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक बुलिङटार ३ कै ३७ बर्षिय विष्णु निर्मल गिरीको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । गिरीको चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भैरहेको छ । वस र वसका चालक गैडाकोट प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply