गैडाकोट ३ ढोडेनीमा आगलागी, १ घर जलेर नष्ट/दमकलको सहयोगमा आगो नियन्त्रण (फोटो सहित)

0


प्रेम क्षेत्री/डोलराज रानाभाट, २९ वैशाख । गैडाकोट नगरपालिका वडानम्वर ३ मा लागेको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ । साँझ साँढे ४ बजेबाट आगो लाग्न सुरु भएको थियो । जंगलमा लागिरहेको डढेलोलाई कडारुपमा आएको हावाहुरीले वस्तिमा पुर्याएको थियो । बस्ती जंगलबाट ५ सय मिटर नजिक छन् ।

(सवै फोटो ः श्रीधर उपाध्याय)

स्थानीयको प्रयास कारण अर्को घरभने आधा जल्दाजल्दै भरतपुरबाट पुगेको दमकलले आगो निभाएको छ । तर जंगलमा जारी आगो नियन्त्रणमा लिन भने कठीन देखिएको स्टेशन म्यानेजर श्रीधर उपाध्यायले घटनास्थलबाट जानकारी दिनुभयो । जलेर नष्ट भएको घरको क्षती विवरण आउन सकेको छैन ।
आगलागीबाट गैंडाकोट ३ का टोलनाथ आचार्य र केदारनाथ मिश्रको घरमा क्षति पुगेको हो । टोलनाथको घर भने जलेर पूर्ण नष्ट भएको हो ।

Share.

Leave A Reply