गैंडाकोट स्वाभिमान साकोसको रजत जयन्ती सम्पन्न

0
गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि गैंडाकोटको २६ औं वार्षिकसाधारण सभा एवम् रजत जयन्ती समारोह सम्पन्न गरेको छ।
रजत जयन्तीको अवसरमा यसअघि नै विभिन्न कार्यक्रम सम्पन्न गरेको सो संस्थाले शनिवार गैंडाकोटको श्रीराम पार्टी प्यालेस साधारण सभा सम्पन्न गरेको छ । रजत जयन्तीका अवसरमा सहकारीले ज्येष्ठ सदस्य सम्मान, स्मारिका विमोचन र राष्ट्रिय गायक जीवन शर्माका करिब आधादर्जन सांगितिक कोशेलीहरु प्रस्तुत गरेको थियो ।
कार्यक्रममा सचिवको प्रतिवेदन संस्थाका सचिव विष्णु पौडेलले प्रस्तुत गर्दै निर्धारित कार्यक्रममध्ये ९२ प्रतिशत सफलता हासिल गरेको कुरामा जोड दिनुभयो । उहाँले प्रस्तावित वार्षिक नीति तथा कार्यक्रमसमेत प्रस्तुत गर्नुभएको थियो । यसैगरी आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष शान्ति सापकोटाले प्रस्तुत गर्नुएको थियो । उहाँले यस वर्ष संस्थाले २ करोड ४४ लाख ८९हजार २ सय एक रुपैयाँ नाफा गरेको जानकारी समेत दिनुभएको छ । यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक गोविन्द सुवेदीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले राजनीतिक परिवर्तनसँगै मुलुकमा परिवर्तन भएको कुरा उल्लेख गर्दै आर्थिक समृद्धितर्फ लाग्दै गर्दा सबैले आआफ्नो तर्फबाट भुमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो । सहकारी ग्राम गैंडाकोट भित्र रहेका सहकारीहरु एउटा क्षेत्रमा विशिष्टिकृत हुनुपर्ने कुरामा जोड दिनु भएको छ ।
उहाँले उत्पादनमुखी कार्य भएका संस्थाहरुले प्राथमिकता पाउने भन्दै व्यक्तिमुखी सहकारी नभई उत्पादनमुखी सहकारी नगरपालिकाको प्राथमिकतामा पर्ने भन्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न सहकारीहरुलाई आग्रह गर्नुभयो । उहाँले सहकारी ऐन अनुसार एक सहकारी एक सदस्य नीतिलाई जोड दिनुपर्ने कुरामा जोड दिनुभयो । सोही प्रसंगमा उहाँले गैंडाकोटमा धेरै सहकारी भएको र निकट भविष्यमा नै एकीकरण गरी बढीमा पाँच ओटा सहकारीमा सिमितिकरण गर्न ध्यान दिने कुरा समेत उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ लि. का स्््््््््ञ्चालक भरतप्रसाद दवाडीले समुदायमा आधारित, सदस्य केन्द्रित सहकारीले सामाजिक, आर्थिक र सामाजिक परिवर्तनमा भुमिका खेल्ने विषयमा जोड दिनुभयो । उहाँले वित्तीय शुसासनमा ध्यान दिने सहकारीहरु सधैं अगाडि हुने कुरामा जोड दिनुभयो । उहाँले सहकारीमा देखिएको विकृति अन्त्य गर्दै दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने र एउटा सहकारीलाई रोज्नुपर्ने कुरामा समेत जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले राज्यकेन्द्रित नीतिका विपरितमा समुदाय केन्द्रीत अवधारणालाई सहकारीहरुले चलायमान बनाएको कुरामा जोड दिनुभयो । उहाँले गैंडाकोटमा हस्तान्तरण भैसकेका सबै ३१ ओटा सहकारीको नियमनमा ध्यान दिने, छलफल र सहकार्यको नीति अवलम्बन गर्दै अघि बढ्ने कुरामा जोड दिनुभयो । राज्यले अवलम्बन गरेको तीन खम्बे अर्थनीतिले पनि देश विकासको एउटा हिस्साको रुपमा सहकारीलाई लिएको हुँदा गैंडाकोटको विकासमा सहकारीले ठूलो योगदान दिदै आएको कुरा उल्लेख गर्नुभयो ।
यसैगरी कार्यक्रममा किसान साकोसका निवर्तमान अध्यक्ष गोपालप्रसाद गौतम, गैंडाकोट नगरपालिका वडा न. १४ का वडाध्यक्ष कोकिसरा राना, वडा न.२ का वडाध्यक्ष धु्रवराम पौडेल, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका सचिव विष्णु पौडेलको सहजीकरण रहेको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष देवराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Share.

Leave A Reply