गौंडाकोट नगरपालीकालाई मागपत्र

0

नवलपुर । भुमि अधिकार मञ्च नेपालले आईतबार नवलपुर जिल्ला अन्र्तगत सबै नगरपालिका र गाँउ पालिकाको कार्यलयका जनप्रतिािधी तथा कार्यकारी प्रमुखलाई माग पत्र बुझाएको छ ।

जिल्ला समितिको निर्णय अनुसार जिल्ला बाट आएको भुमीहिन व्यक्तीहरुको माग पत्र गैडाकोट नगरपालिका पनि मागपत्र बुझाएको गैंडाकोट नगर भुमि अधिकार मञ्चका अध्यक्ष दिपक परियारले बताउनुभयो

नगर प्रमुख र उप–प्रमुख कार्य ब्यस्तताले उपस्तिथ नभएका कारण उनिहरुले आफ्नो माग प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद आचार्यका सामु पेस गरेका थिए ।

 

मागपत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत आचार्यले मागपत्र अनुसार नियममा रहि नगरपालीकाले गर्न सक्ने माग पुरा गर्ने बताउनुभयो ।
उनीहरुका माग अनुसार स्थानिय भुमी व्यवस्थापन ऐन निर्माण गरियोस,गैर कृषी प्रयोजनामा लैजाने प्रवृतिमा रोक लगाइयोस , मोही किसानको न्याय पुर्ण व्यवस्थापन गरियोस,जालसाँझी चोरी दर्ता बदर गराई बसोबास गरेका सुकुम्बासीहरुको नाममा लालपुर्जा दिलाउने व्यवस्था गरियोस,विपन्न वर्ग बालबालिकालाई शिक्षाको पहुचमा पुयाउन कार्यक्रमहरु सञ्चालन गरियोस लगाएतका १७ बुदामा आफ्नो माग पेस गरेका छन ।

Share.

Leave A Reply