डि.एल. ए को मतदान शुरु

0

तिलक सुवेदी / नवलपुर । कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रयाटिक लयर्स एशोसियसनको नयाँ कार्य समितिका लागि मतदान शुरु भएको छ ।

अध्यक्षका लागि ४ जनाको उम्मेदवारी रहेको छ जस मध्य योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामकुमार श्रेष्ठ, केदार कार्की रहनुभएकोे छ । महिला उपाध्यक्षमा सुष्मा बास्कोटा बराल निर्विरोध निर्वाचित हुनुभएको छ । महासचिवमा ७ जनाको उम्मेदवारी रहेको छ ।
यस्तै प्रदेश नम्बर १ बाट हरि खड्का, २ बाट राजप्रसाद दाहाल, ६ बाट खड्क बहादुर सिंजापति, ७ बाट बिरबहादुर जैठरा निर्विरोध निर्वाचित हुनुभएको छ । बरिष्ठ उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ ।

सचिबमा ८ जनाको उम्मेदवारी परेको छ भने महिला सचिबमा ३ जनाको उम्मेदवारी परेको छ । कोसाध्यक्ष र महासचिबमा ८÷८ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ ।

Share.

Leave A Reply