महानगरपालिकामै हुन्न अनुगमन/किराना पसलेहरु म्याद गुज्रेका जुस बेच्दै

0

डोलराज रानाभाट, असार १७ । भरतपुर महानगरपालिका भित्रैका किराना पसलेहरुले म्याद गुज्रेका जुसहरु धमाधम विक्रि गरेको भेटिएको छ । गर्मीयामसँगै सजिलै विक्रि हुने भएपछि मिति सकिएका पेय पदार्थ धमाधम विक्रि गरिरहेका भेटिएको हो । महानगरभित्रै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असरपर्ने यस्ता गतिविधि  हुँदा अनुगमन प्रभावकारी नभएको प्रष्ट देखिएको छ । हाम्रा सहकर्मी राजेन्द्र पौडेलले भन्नुभयो,“मैले सोचेको पनि थिइन कि महानगरभित्रैको बजारमा यस्तो लापार्वाहि छ भन्ने ।” तर आज विरामीलाई भेट्न जाँदा खरिद गरेको पेय पदार्थ म्याद गुज्रिसकिएको पाउदा उहाँले प्रभावकारी अनुगमनका लागि सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ । ट्राफिक प्रहरी कार्यालय चितवन रोडमा रहेको हमाल किराना पसलबाट एउटा जुस किनेर भरतपुर मोडल हस्पिटलमा रहेका विरामीलाई भेट्नाजाँदा मिति हेरेपछि म्याद गुज्रेको थाहा पाउनुभएको थियो । त्यसपश्चात म्याद गुज्रेको फिर्ता गरेर म्याद भएको अर्को जुस किनेर विरामी भेट्न जानुभयो । पसलेले म्याद गुज्रेको र म्याद भएको दुवै जुसलाई एकै ठाउँमा राखेर विक्रि गरिरहेको भेटिएको हो ।

Share.

Leave A Reply