करेन्ट लागेर गैडाकोट १४ मा एक महिलाको मृत्यु

0

डोलराज रानाभाट, १७ असार , गैडाकोट । गैडाकोट १४ भेलनटाडीमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । विहानै ६ बजे वाथरुममा कपडा धोएर सुकाउन टिनको पालीमा हाल्दा करेन्ट लागेको स्थानीय सोमनाथ पौडेलले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा ३२ वर्षीय यमुना घिमिरे रहेको र उहाँको श्रीमान मधु घिमिरे वैदेशीक रोजगारीको शिलशिलामा कतारमा हुनुहुन्छ भने तीन वटा ससाना बालवालिका घरमा रहेका छन् ।

केहि आशाका साथ भरतपुर अस्पताल लगेपनि पहिलेनै ज्यान गइसकेको अस्पतालले जनाएको छ । आमा ढलेको देखेर जेठो छोराले छुदा उहाँलाई पनि करेन्ट लागेको तर आमाको शरिर कुचालक भइसकेकाले ठूलो क्षती हुनवाट जोगिएको थियो ।

छोराको अवस्था भने सामान्य रहेको छ । विवाहित उहाँको २ जना छोरा र ढेडवर्षको छोरी रहेकी छन् । शव अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

Share.

Leave A Reply