नवलपुर जिल्लाका विभिन्न स्थानीय तहद्धारा बजेट सार्वजनिक/ कसको कति ?

0

असार ११, गैडाकोट । अन्तसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्थाको जगमा रहेर असार १० गते नवलपुरका विभिन्न स्थानीय तहहरु नगरसभा तथा गाउँसभा सम्पन्न गरेका छन् । जसमा
देवचुली नगरपालिकाद्धारा ४९ करोड ७८ लाख १० हजारको बार्षिक बजेट सार्वजनिक
देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले कुल ४९ करोड ७८ लाख १० हजारको बार्षिक बजेट नगरसभामा प्रस्तुत गर्नुभएको  छ । जसमा सशर्त अनुदान १९ करोड ८७ लाख,निशर्त अनुदान २५ करोड ४१ लाख १० हजार रहेको छ भने संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड ७३ लाख र राजश्व बांडफांड बापत ९ करोड ८१ लाख प्राप्त हुने भएको छ ।

साथै गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड २६ लाख र राजश्व बांडफांड बापत ६१ लाख १० हजार प्राप्त हुने अपेक्षा गरिएको छ भने आर्थिक बर्ष ७६÷७७ मा आन्तरिक राजश्वबाट २ करोड र मालपोत रजिस्ट्रेसनबाट २ करोड ५० लाख आम्दानि हुने अनुमान गरिएको छ । नगरपालिकाले चालु खर्च ७ करोड ९५ लाख,पुँजीगत खर्च २१ करोड ९६ लाख १० हजार र सशर्त कार्यक्रम खर्च १९ करोड ८७ लाख बिनियोजन गरेको ह्याप्पी टाइम्सका आदर्श सुशीलले जानकारी दिनुभएको छ ।

दलदले धौबादी सडकको कुमसोत सम्मको सडक अबिलम्ब चौडा गर्न पहल गर्ने,रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई प्राकृतिक विश्व विध्यालय,दुम्कौलीमा रहेको लालिमा कृषि सहकारीलाई बिउ बिजन प्रसोधन केन्द्र, नगर यातायातको गुरुयोजना,नगर रिंगरोडको कार्यलाई निरन्तरता,नागरिकले स्वतस्फुर्त कर तिर्न सक्ने वातावरणको सिर्जना गर्ने लगायतको लक्ष्य देवचुली नगरपालिकाले चौथो नगरसभा मार्फत प्रस्तुत गरेको छ ।

कावासोतीको बजेट ८८ करोड २६ लाख ७० हजार

कावासोती नगरपालिकाले ८८ करोड २६ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ । हिजो भएको पाँचौ नगरसभामा नगर उप–प्रमुख पे्रमशंकर मर्दनियाले प्रस्तुत गनुृभएको बजेट अनुसार चालुतर्फ सशर्त बाहेक रु ९ करोड ४ लाख ७५ हजार , पुँजिगत तर्फ ३० करोड ९३ लाख २३ हजार र शसर्त तर्फ ३२ करोड ८८ लाख ७० हजार, सामाजिक सुरक्षा तर्फ ९ करोड ५० लाख रहेको छ । कावासोती नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख चन्द्र कुमारी पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख प्रेम शंकर मर्द्नियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।

कावासोती नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नगरप्रमुख पुनले चालु आर्थिक वर्षका उपलब्धिलाई समेत समेट्दै नगरपालिकाले फजुल खर्च न्युनीकरणमा प्लाष्टिक खादा तथा मायाको चिनो निषेध गरिएको बताउनुभयो । त्यस्तै एकादशी बजारलाई करको दायरामा ल्याईएको, नदीजन्य पदार्थको व्यवस्थापन मार्फत संकलित राजश्वमा ३ सय २२ प्रतिसतले बृद्धि भएको, विज्ञापन करमा १५ प्रतिसत बढीमा ठेक्का, विपन्न तथा सिमान्तकृत परिवारलाई घर निर्माण, तथा वडा नम्वर ९ र १५ को वडा कार्यालय भवन निर्माण अन्तिम अवस्थामा पुगेको लगायतका जानकारी सहित नगर प्रमुख पुनले आगामी वर्षका नीति तथा कार्यक्रममा अनाथ, सडक बालबालिकाका लागि निशुल्क शिक्षा, बालमैत्री नगर निर्माणका लागि सुचाङ्क केन्द्रित योजना निर्माण तथा कार्यक्रम, वडा नम्वर ७ र १३ लाई माछा पकेट क्षेत्रका रुपमा बिकास, कृषिमा बिउ, बिजन औजार तथा उपकरणमा ५० प्रतिसत सहुलियत, केरुङ्गे खोला तटबन्ध र बस्ती संरक्षण, मुसहर समुदायका बिद्यार्थीका लागि निशुल्क उच्च शिक्षा कार्यक्रमलाई निरन्तरता, बालुवाडाँडामा निर्माणाधिन भ्यू टावरको निर्माण आगामी बर्षमा पूरा गर्ने लक्ष्य, युवा स्वरोजगार कार्यक्रम, जिल्लास्तरीय खेलकुदहरु सञ्चालन, नगरपालिका क्षेत्रभित्रका संग्राहालयको स्तरोन्नति, बिद्यालय समायोजनलाई प्रोत्साहन, सुकुम्बासीको तथ्याङ्क बिद्युतिय प्रबिधिमा प्रबिष्ट गरी समस्या समाधानमा पहल, नगरपालिकाका गतिबिधिलाई स्थानीय सञ्चार माध्यमबाट सु–सुचित गर्ने, न्यायिक समितिको कार्य सम्पादनलाई इजलासको ढाँचामा व्यवस्थित गर्दै थप चुस्त बनाउन विद्युतीय प्रणालीमा अध्यावधिक गरिने लगायतका आगामी कार्यक्रमहरु प्रस्तुत गरिएको दाउन्ने न्युजमा खवर छ ।

मध्यबिन्दु नगरपालीकाको आगामी बजेट ६७ करोड ४१ लाख ९५ हजार

मध्यबिन्दु नगरपालीकाको पाचौ नगरसभा आगामी आर्थीक बषका लागि  २०७६।७७ का लागि ६७ करोड ४१ लाख ९५ हजार बराबरको अनुमानित आयव्यय पारित गर्दे सकिएको छ । मध्यबिन्दु नगरपालीकाको मंगलबार बसकेो पाचौ नगरसभाले नगरउपप्रमुख ओमकुमारी महत्तोले प्रस्तुत गर्नुभएको आर्थीक बर्ष २०७६।७७ को निति तथा कार्यक्रम र आयव्ययको अनुमानित बजेट सर्बसम्मतले पारित गरेको हो । पारित गरिएको बजेट अन्र्तगत चालु खर्चमा ३३ करोड ४४ लाख ४० हजार र पुजिंगत खर्चतर्फ ३३ करोड ९७ लाख ५५ हजार बिनीयोजन गरिएको छ । प्रस्तुत निति तथा कार्यक्रममा निजी व्यबसायी संघसस्था संगको सहकार्य मार्फत करको आधारको दायरा बढाउने कर शिक्षा अभियान र सम्पति कर लागु गर्न प्रस्ताब गरिएको छ । त्यसैगरि पूर्बाधार बिकासलाई उचच प्राथामीकता दिदै मेयर नुमना सडक निर्माणलाई आगामी आर्थीक बर्षमा पनि निरन्तरता दिदै प्रत्येक बडाका लागि बिनीयोजीत रकममध्ये ३० प्रतिशत रकम सडक निर्माणमा छुटटाइएको छ ।

पुर्बाधार निर्माणमा जनसहभागिता सुनिश्चीतताका लागि हरेक पुर्बाधार निर्माणमा जनसहभागिता अन्र्तगत ५ प्रतिशत नगद तथा १० प्रतिशत श्रम सहभागिता हुने गरि योग्दान सहित जनसहभागितालाई अनिर्बाय गराइएको छ । सहकारीलाई आर्यआर्जन एबं रोजगारी बढाउने माध्यमका रुपमा कृषी र पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने , कृषी उत्पादन र उत्पादकत्व बढाउन समन्वय कार्य गर्ने निति लिइएको छ । कृषी सम्बन्धी लगानिलाई समुहमार्फत प्रबाह गर्ने निति अबलम्बन गर्ने जनाइएको छ । खेलकुद क्षेत्रमा पुर्बाधार निर्माण गर्नुका साथै मेयरकप खेलकुद प्रत्योगिता राइनोकप फुटबल प्रत्योगिता तथा राष्ट्रपति रनिङशिल्ड प्रत्योगिता संचालन गर्ने एबं अरुणखोलाको रमा स्मृती रंगशालाई स्तरउन्नती समेत गरिने भएको छ । कृषी उपज केन्द्र चोरमारा बगुवन तमासपुर भुपु चोक अरुणखोला सडक निर्माणका लागि समेत आगामी आर्थीक बर्षमा बजेट व्यबस्था गरिने भएको छ । सामुदायिक बन पैदावारबाट प्राप्त हुने १० प्रतिशत रकमको ५० प्रतिशत रकम शिक्षा र स्वाथ्यमा लगानि गरिने भएको छ । त्यसैगरि नेपालकै मध्यभागमा रहेको यस मध्यबिन्दु नगरापल्ीकाको गरिमाको पुर्बाधार आर्थीक समृद्धिको आधारको रुपमा मध्यबिन्दु आधुनिक स्तभको अबधारण तयार गरि सयुक्त लगानिमा निर्माण कार्य प्रारम्भ गरिने भएको छ ।

त्यसैगरि आगामी आर्थीक बर्षका लागि नगरपालीकाकाले लक्षीत बर्गका लागि बजेट बडास्तर बाट नै परिचालन गरिने भएको छ । मध्यबिन्दु नगरपालीकाका नगरप्रमुख चन्द्रबाहादुर रानाको सभाध्यक्षतामा संचालीत पाचौ नगरसभामा उपस्थीत सम्पुर्ण बडाअध्यक्षहरु कर्यपालीकासदस्यहरु, बडा सदस्यहरुले निति तथा कार्यक्रम तथा बजेटको सर्मथनमा ताली बजाउनुभएको समाचार विष्णुप्रसाद गौडेलबाट प्राप्त भएको छ ।

हुप्सेकोटको बजेट ४७ करोड ६३ लाख ६७ हजार ६ सय ३

हुप्सेकोट गाउँपालिकाकोे चौँथो नगरसभाले कुल बजेट ४७ करोड ६३ लाख ६७ हजार  ६ सय ३ रुपैयाको बजेट सार्वजनिक गरेको छ । टुक्रे योजना भन्दा ठूला आयोजनाहरु सम्पन्न गर्नेगरि बजेट सार्वजनिक गरेको छ । टुक्रे बजेटमा खर्च धेरै उपलब्धी कम हुने भएकाले ठूला योजनाहरु सम्प्न्न हुने गरि बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाको भवन निर्माण गरिने र गाउँपालिकाको प्राथमिकतामा हुप्सेकोट रिङरोड परियोजना परेको छ । वर्थिङ सेन्टर स्थापना देखि स्वयमसेविकाले वुझाउने प्रतिवेदनका लागि विशेष व्यवस्था गरिदै बजेट छुट्टाइएको छ ।

बुलिङटारमा नीति तथा कार्यक्रम मात्रै

बुलिङटार गाउँपालिकामा हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । गाउँसभाले शिक्षा, स्वास्थ्य, सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताइएको छ । यद्यपी बजेटको अंक भने केहि समयपछि मात्रै सार्वजनिक गरिने भएको छ । वडाहरुबाट आउने विवरण आइसकेको र अन्तिम कामले पूर्णता पाउन वाँकी रहेकाले बजेटको अंक पछि सार्वजनिक गरिने उपाध्यक्ष मैना विकले जानकारी दिनुभयो ।

असार १० भित्र बजेट ल्याउन असफल स्थानीय तहहरु
गैडाकोट नगरपालिका
अन्तसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भएपनि उक्त व्यवस्था अनुसार बजेट ल्याउन गैडाकोट नगरपालिका असफल भएको छ । राजश्व परामर्श समितिका संयोजक एवम उपमेयर विष्णुकुमारी कडेँल विरामी भइ उपचारका लागि भारत रहेका कारण तोकिएको समयमा बजेट आउन नसकेको हो । आम्दानीको अनुमान लगायतका विषयमा छलफल हुन वाँकी रहेका कारण छिट्टै बैठक बसेर बजेट सार्वजनिक गर्ने मिति तोकिने नगरप्रमुख छत्रराज पौडेलले विजय एफएमलाई जानकारी दिनुभयो ।

बौदिकाली गाउँपालिका

नवलपुरको विकट गाउँपालिकाका रुपमा परिचित वौदीकाली गाउँपालिपनि असार १० भित्र बजेट ल्याउन असफल भएको छ । बजेट अधिवेशन केही दिन ढिला हुने भएको हो । वडाहरुमा बजेटका योजनाले पूर्णता पाउन नसक्दा १५ गते पछाडिमात्रै गाउँसभा हुने सूचना अधिकारी मिलन श्रेष्ठले जानकारी दिनुभयो ।

Share.

Leave A Reply