निःशुल्क कृत्रिम हात खुट्टा जडान सेवा दीर्घकालिन बनाउन राशी संकलन/पोखरेलद्धारा ५० हजार नगद सहयोग

0

डोलराज रानाभाट, २४ असार, गैडाकोट । गैडाकोट ४ मा रहेको सहज अस्पतालबाट उपलब्ध भइरहेको निशुल्क कृत्रीम हात खुट्टा जडान सेवालाई दीर्घकालीन वनाउन जन सम्पर्क समिति वेस्ट टेक्सास च्याप्टरको तर्फबाट संजिवनी पोखरेल र सुवर्ण पोखरेलबाट समाजसेवी रामराज पोखरेलले आज ५० हजार नगद सहयोग गर्नुभएको छ । अस्पतालका संस्थापक सचिव समेत रहनुभएका पोखरेलले आफ्ना छोराछोरीले बचाएको पैसा सहयोग गरेको भन्दै यस कार्यमा जोडिन सवैलाई आग्रह गर्नुभयो ।

कृत्रिम हात तथा खुट्टा जडानपछि सेवालिने व्यक्तिहरुमा देखिएको खुशीलाई निरन्तरता दिन आफूले आर्थिक सहयोग गरेको बताउनुभयो । सीजी महावीर सवल केन्द्रको नामबाट निशुल्क प्रवाह भइरहेको सेवालाई दीर्घकालीन वनाउन अस्पतालले दाताहरुलाई सहयोगकोलागि आह्वान पनि गरेको छ । जेठ २० गतेवाट सहज अस्पतालबाट सेवा सुरु गरिएको अहिलेसम्म ३२ जनाले निशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरिसकेका छन् ।अस्पतालका अध्यक्ष तिर्थराज रिमालले कसैको सानो आर्थिक सहयोगले विकलाङ्क व्यक्तिको जीवन वदलिन सक्ने भन्दै देश तथा विदेशमा रहनेहरुलाई आर्थिक सहयोग गर्न अपील गर्नुभएको हो । निशुल्क सेवा निरन्तर सचालन गर्न चाहेको भन्दै १५ हजार सहयोग राशी प्रदान गर्ने व्यक्तिहरुलाई संस्थाको साधरणसभामा सम्मान गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले पोखरेलका छोरा सुवर्ण र संजीवनीले सानै उमेरमा पनि पैसा बचत गरेर अस्पतालमा गरेको सहयोग प्रति आभार व्यक्त गर्दै राशी संकलनको थालनी गरिदिएकोमा पनि पोखरेल परिवाजनप्रति आभार व्यक्त गर्नुभयो । कार्यंक्रममा बोल्दै सीजी महाविर सवल केन्द्रका व्यवस्थापन समितिका सदस्य नारायण श्रेष्ठले आफूहरुले पनि निरन्तर सहयोग गर्ने तर पोखरेल परिवारजस्तै धेरैले व्यक्तिगत आर्थिक सहयोगका लागि सवैमा अनुरोध गर्दै निशुल्क सेवालाई दीर्घकालीन वनाउने बताउनुभयो ।

कार्यक्रममा सीजीका रामचन्द्र धिताल,सहज अस्पतालका उपाध्यक्ष डिल्ली प्रसाद सिग्देलले बोल्नुभएको थियो । कार्यक्रममा सहज अस्पतालका निवर्तमान अध्यक्ष करुणा सागर सुवेदी, सीजीका हरिशचन्द्र कडेल,विर विकालङ्क सहायता समितिका गजानन्द लम्वा लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply