पुल्चोक देखि गैंडाकोटको ढाट सम्म विद्युत अवरुद्ध हुने

0

डोलराज रानाभाट, २७ वैशाख । भोलि विहान ६ बजेदेखि दिउसो ३ बजेसम्म गैडाकोटको पुल्चोक देखि ढाँटसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । भोलि शनिवार ब्रिटिश क्याम्प स्थित ११ केभि लाईन नजिक रहेको रुख काट्ने भएकाले विद्युत सेवा सुचारु नुहने बताइएको हो । भरतपुर बाट संचालित गैडाकोटको लाईन ल्याइएको सो ठाउँमा रहेको रुख काट्ने कार्यक्रम रहेको र विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशाखाका प्रमुख सुजन रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार रुख कटानको कार्य नसकिदासम्म लाईन अवरुद्ध रहने बताउनुभयो ।

Share.

Leave A Reply