गैडाकोट ८ का महिलाहरुलाई ‘बाटेको धुपमा’ व्यवसायिक वन्न आग्रह

0


हिमा अर्याल,गैडाकोट,३१ बैशाख । गैडाकोट ८ का महिलाहरुलाई बाटेको धुपमा व्यवसायिक वन्न आग्रह गरिएको छ । एक दिन सम्म धुप कसरी बनाउने भन्ने तालिम पश्चात सो आग्रह गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष डिलाराम रिजालले घरेलु तथा साना उद्योग सञ्चालनमा महिलाहरु अगाडि आउन जरुरी रहेको भन्दै त्यसमा वडाबाट आर्थिक तथा सीप विकासका थप कार्यक्रम संचालनमा आफू प्रतिवद्ध रहेको बताउनुभयो  ।

उहाँले बाटेको धुप घरमा उपभोगको लागि पनि उपयुक्त रहेको र यसको प्रयोग पछिल्लो समय बढ्दै गएकाले व्यवसायिक बन्न आग्रह गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथी वडा सदस्य बालप्रकाश अधिकारीले स्वास्थ्यको दृष्टिले बाटेको धुप उपयोगी रहेको बताउँदै यसको निर्माणसँगै प्रयोगमा जोड दिनुभयो । कालिका वडास्तरीय महिला सञ्जाल गैडाकोट ८ को आयोजनामा संचालित तालिममा चितवन कालिका नगरपालिका ५ का सरस्वती अधिकारी काफ्लेले प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागि जय माहादेव महिला समुहकि लक्ष्मी भुषाल, सिद्धि विनायक महिला समुहबाट इश्वरी कुमाल, त्रिदेव टोल विकास बाट शान्ता ढकालले दैनिक प्रयोगको लागि आवश्यक पर्ने बाटेको धुपको तालिम सिक्न पाउदा खुसी लागेको बताएका थिए । ४५ जना महिलाहरुको सहभागिता रहेको तालिममो समापन कार्यक्रममा नन्दन सामुदायीक वनका अध्यक्ष घनस्याम कंडेल, वडा सदस्य हरिमाया अधिकारीले आफ्ना भनाई राख्नु भएको थियो । सञ्जालका अध्यक्ष ज्ञानु कुमारी घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  कालिका वडा स्तरीय महिला सञ्जालकी उपाध्यक्ष पार्वती सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव पद्मा सुवेदीले सहजीकरण गर्नु भएको थियो ।

Share.

Leave A Reply