बजेट साढे सात करोड काम शून्य सानो स्वर्गको काहनी

0

श्रीधर उपाध्याय/ गैँडाकोट ।

गैँडाकोट १३ मा रहेको कैलाश सन्न्यास आश्रम नवलपरासीकै सबैभन्दा पुरानो पुराताŒिवक सम्पदा हो ।

करिब ६ देखि सात सय वर्ष पहिला नै त्यस क्षेत्रमा विशाल ढुंगाहरुबाट निर्मित शिव मन्दिर स्थापना भएको हुन सक्ने परातŒव विभागले पनि अनुमान गरिसकेको छ । नेपाल सरकार पुरातŒव विभागले मन्दिर पुनर्निर्माणका लागि आ.व. २०७४/०७५ बाटै पुनर्निर्माण कार्यका लागि सात करोड ६८ लाख ५४ हजार १ सय ११ रुपैँया बजेट विनियोजन गरेकोे आश्रमका अध्यक्ष पुष्पराज घिमिरेले बताउनुभयो । तर सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनमा आउन नसकेको आइतबार आश्रम परिसरमै आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थिति सरोकारवालाले गुनासो गरेका छन् । पुरातŒव विभागको काम पारदर्शी रुपमा हेर्न नपाउँदा काम के भइरहेको छ भन्ने अन्योलता रहेको समेत आश्रमले जनाएको छ ।
चालु आर्थिक वर्षमा मात्रै करिब ७० लाख बजेट भनिए पनि त्यसबारेमा केही काम हुन नसकेको आश्रमका अध्यक्ष घिमिरेको भनाइ छ । पुरातŒव विभागले एक पटक आएर उत्खनन गरेपछि अरु काम भने अघि बढ्न नसकेको स्थानीय रामहरि शर्माले बताउनुभयो । सामाजिक लेखा परीक्षण स्थानीयले हेर्न नपाउँदा पनि यस कामका बारेमा के कस्तो भइरहेको छ जान्न नपाएको उहाँको भनाइ छ ।

यो एउटा सानो स्वर्गजस्तै सुन्दर रहेको र यसको धार्मिक पर्यटकीय क्षेत्रका बारेमा प्रचारप्रसार गर्न सक्ने हो भने गैँडाकोटको मुहार फेरिने शर्माको भनाइ छ । आश्रमका अध्यक्ष पुष्पराज घिमिरेले पनि बजेट खेर नजाने आश्वासन दिने गरेको तर कामका लागि कहिले आउने हुन थाहा नभएको बताउनुभएको छ ।
त्यस क्षेत्रमा पुरातŒव विभागले यस अघि उत्खनन गर्दा कलात्मक १४÷१५ सय ढुंगाहरु, ढुंगा छेडेर राखिएका फलामका छडहरु उत्खनन गर्दा जस्ताको तस्तै भेटिएका छन् । मन्दिरको ढोका अघि राखिने कलात्मक देवीदेवताका मूर्तिहरु भग्नावशेषका रुपमा २ सय मिटिरको दूरी वरपर भेटिएका छन् । यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न मुकुन्दसेनको दरबार, मौलाकालिका मन्दिर र कैलाश सन्न्यास आश्रम जोड्ने योजना अघि बढाउन सके हाम्रो धार्मिक सांस्कृतिक विरासत जोगाउन सकिने वडा सदस्य गोविन्द कोइरालाको भनाइ छ । नेपाल पत्रकार महासंघ प्रदेश ४ का उपाध्यक्ष नारायण शर्माको पनि कैलाश सन्न्यास आश्रमलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरी अघि बढ्दा दीर्घकालीन योजना बनाएर अघि बढ्नु भनाइ छ ।
गैँडाकोट १३ का वडा अध्यक्ष पदमलाल पौडेलले पनि गैँडाकोटको धार्मिक पर्यटकीय क्षेत्र मध्येको एक धरोहर कैलाश सन्न्यास आश्रमलाई नगरपालिकाकै कार्य योजनामा पारेर काम अघि बढाउने बताउनुभयो । समाजसेवी करुणासागर सुवेदी, सहज अस्पतालका अध्यक्ष तीर्थराज रिमाल, नारायणी आधारभूत विद्यालयका अध्यक्ष बुद्धिप्रसाद न्युरे लगायतले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागीहरुले आश्रमको श्रीवृद्धिका लागि आÇनो भनाइ राखेका थिए ।

तत्कालीन राजा महेन्द्रका पालादेखि नै आदिवासी थारु समुदायले सिख्रौली कुमारवर्ती परिक्रमा पूजा सालका वृक्षमुनि चैत्र शुक्ल पक्षमा गर्ने गरेको पाइन्छ । यस मन्दिरमा सन् २०१६ सालदेखि नै पूजा अर्चना गर्दै आइरहेको छ । २०३० सालदेखि नै यस क्षेत्रमा सन्न्यासी श्री १००८ स्वामी परमानन्द सरस्वतीले आÇनै पहलमा १ बिगाह १८ कठ्ठा १३ धुर आश्रमकै नाममा दर्ता गराई र पूर्वतर्फको २ बिगाह समेतलाई तारबार गरी आश्रमकै हाताभित्र विभिन्न प्रजातिका बिरुवा वृक्षरोपणका साथ संरक्षण गर्नुभएको थियो । उहाँको सालिक नारायणी नदी झर्ने स्थानमा राखिएको समेत मन्दिरले जनाएको छ । अहिले कैवल्यानन्द गिरीलगायतका सन्न्यासीले हेर्दै आउनुभएको छ । वृद्धवृद्धाको आर्थिक सहयोगमा प्रवेशद्धार, सत्संग चौतारी, धुनी कुण्ड, पार्क चौपारी र भान्सा घर गरेर करिब २० लाख खर्च गरी निर्माण गरिएको आश्रमका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

Share.

Leave A Reply