कविवर गोविन्दराज विनोदीको नागरिक अभिनन्दन (फोटो फिचर)

0

गैडाकोट, २९ पौष ।
विजय खबरका संस्थापक प्रधान सम्पादक तथा कविवर गोविन्दराज विनोदीको नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रम शनिवार जनक माध्यमिक विद्यालय गैडाकोटको परिसरमा सम्मन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ सहित्यकार एवम् त्रिविका पुर्व उपकुलपति वासुदेव त्रिपाटिले १०– १५ जना कविहरुमा विनोदी पर्ने बताउनुभयो ।


कार्यक्रममा विभिन्न सहित्यकार संघ–संस्था, कलेज तथा विद्यालयको तर्फबाट सम्मान तथा अभिनन्दन प्रकट गरिएको थियो । गैडाकोट नगरपालीकाका प्रमुख छत्रराज पौडेलले अब बस्ने नगर सभामा नगरमा रहेका ख्याती प्राप्त व्यक्तीहरु सम्मान गर्ने बताउनु भयो ।


अभिनन्दन कार्यक्रममा बोल्दै सम्मानीत कविवर गोविन्दराज विनोदीले सम्मानमा सहभागी सम्पुर्णलाई धन्यावाद दिनुभयो ।
कार्यक्रममा कविवर गोविन्दराज विनोदीको जिवन र सृष्टि लोकार्पण गर्नु भएको थियो ।

कृति माथिको संमिक्षा प्रा.डा. गणेश खनालले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका उपाध्याक्ष डि.आर पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न प्रतिष्ठित साहित्यकार ,बिभिन्न संघ संस्थाका प्रतिनिधि संगै स्थानियहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply