रत्नराज्य लक्ष्मी मा.बि.गैडाकोटको स्वर्ण महोत्सव/आज अभिभावकवीच अतिरिक्त क्रियाकलाप

0

गैडाकोट, २७ पौष ।
रत्नराज्य लक्ष्मी मा.बि. गैडाकोट १० भैंसाखोरीले आफ्नो स्वर्ण महोत्सव अन्तर्गतका कार्यक्रमहरु जारी रहेको छ । आज अभिभावकबीचको अतिरिक्त क्रियाकलाप तथा खेलकुद गतिविधि हुने भएको छ ।

विद्यालयले भोलि नृत्य प्रतियोगिता, जेष्ठ नागरिक सम्मान, भू.पू. सैनिक पुनर्मिलन र स्थानीय कलाकारको प्रस्तुती रहने विद्यालयले जानकारी दिएको छ । त्यस्तै २९ गते भू.पू. शिक्षक र भू.पू. बिद्यार्थी पुर्नमिलन कार्यक्रम हुनेछ भने ३० गते स्वर्ण महोत्सव समापन समारोह गरीने बिद्यालयका पधानाध्यापक नवराज काफलेले बताउनु भयो ।

५० औँ वर्षको पुनीत अवसर पारेर आयोजना गरिएको कार्यक्रम अन्तर्गत हिजो विद्यार्थीहरुबीचको खेलकुद सम्पन्न भएको छ । बिहीबार विद्यालयको खुल्ला चौरमा विभिन्न खेलकुदको आयोजना गरिएको हो ।

जसअन्तर्गत कक्षा नर्सरी देखि २ कक्ष्ााँ सम्म बेलुन फुटाउने प्रतियोगिता , कक्षा १ देखि १० सम्म १०० मिटर दौड , कक्षा १ देखि १२ सम्म म्यूजिकल चियर ,स्पोन रेस , कक्षा ४ देखि १० सम्म सियो धागो प्रतियोगिता , कक्षा ७ देखि १२ सम्म ४०० मिटर रेली दौड , कक्षा ५ देखि ९ सम्म थी्र लेग रेस लगाएतच अन्य थुप्रै खेलकुद प्रतियोगिता सम्पन्न भएको विद्यालय खेलकुद समिति संयोजक खिनेश्वर धितालले बताउनु भयो ।

Share.

Leave A Reply