कवि विनोदीको गैंडाकोटमा नागरिक अभिनन्दन हुने

0

गोविन्द रिमाल, गैडाकोट, २३ पौष ।

साहित्यिक एवम् शैक्षिक धरोहर, विजय खबर पत्रिकाका संस्थापक प्रधान सम्पादक कवि गोविन्दराज विनोदीको अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालले २८ गते शनिबार एक भव्य कार्यक्रमका बीच गैंडाकोटमा रहेको जनक मा.विमा कार्यक्रम गरि अभिनन्दन गर्ने भएको छ ।

सोही कार्यक्रममा गोविन्दराज विनोदी ः जीवन र सृष्टि ग्रन्थ लोकार्पणको पनि गरिने प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीले जानकारी दिनुभयो । एक दर्जनभन्दा काव्यकृतिहरु प्रकाशन गर्नुभएका उहाँलाई त्यतिकै संख्यामा पुरस्कृत र सम्मानित भैसक्नु भएको छ ।
यहि पौष २८ गते शनिवार बिहान १० बजे उहाँकै निजी निवासदेखि शोभायात्रा सहितको ¥याली निकालिने आयोजक संस्थाका अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

कार्यक्रममा आम नगरबासी, शुभेच्छुक शिक्षक, विद्यार्थी, कर्मचारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत सर्वसाधारणलाई अनुरोध गरिएको छ । शोभा यात्राको सम्पूर्ण तयारी पूरा भैसकेको शोभायात्रा व्यवस्थापन समितिका संयोजक करुणासागर सुबेदीले बताउनु भएको छ ।

कार्यक्रम कवि विनोदीको निजी निवास, विजय एफ एम अगाडिको बाटो विकू बचत हुँदै विजय सामुदायिक शिक्षा सदनको मार्गदेखि खेलकूद मैदान हुँदै आदर्श मार्ग (आदर्श चोक) हुँदै जनक मा.वि गैंडाकोट ५ को परिसरमा सम्पन्न हुने अभिनन्दन कार्यक्रम स्थलमा प्रवेश गर्ने गरी व्यवस्थापन मिलाइएको सुवेदीले बताउनुभयो । प्रतिष्ठानले यसै विषयमा जानकारी दिने अभिप्रायका साथ यहि २६ गते विहिबार जनक मा.वि परिसरमा बिहान ८ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

Share.

Leave A Reply