पुर्व पश्चिम साहित्यक तथा सांगितिक विमर्श अभियान अन्र्तगत छलफल

0

चितवन । पद्म दीप स्मृति प्रतिष्ठानको आयोजना तथा अक्षर समूह चितवनको व्यवस्थापनमा भरतपुरमा समाजमा सिर्जनाको रंग, पुर्व पश्चिम साहित्यक तथा सांगितिक विमर्श अभियान अन्र्तगत छलफल गरिएको छ ।

छलफलमा साहित्यीक स्रष्टाहरुले चितवन साहित्यको उर्वरभुमी भएकाले राज्यले यसको उजागरका लागि पहल गर्नुपर्ने बताएका थिए । सो अवसरमा समाजशास्त्री, गितकार डा. डि.आर. उपाध्यायको सात एल्बमको सातै प्रदेशमा बिमोचन गर्ने क्रममा चितवनमा पनि विमोचन गरिएको थियो । स्रष्टा डिआर उपाध्यायको सहेली, हिमाली लय, अन्तराप, प्रतिनाद, नशाल नजर, जोहो, प्रणय र जखम गरि सात साँगीतिक सिडी एल्बमहरुको एकसाथ विमोचन गरिएको हो ।

त्यस्तै कार्यक्रममा स्रष्टा उपाध्यायको सातै उपन्यास कृतिहरु वज्राघात, बिटुली, त्यागी, स्वार्थी, भाग्यचक्र, अपवित्र छायाँ, अतिरिक्त र दगाबाजको समेत बिमोचन गरिएको थियो ।

अक्षर समूह चितवनका अध्यक्ष ईश्वर कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष सहनलाल प्रधान, साहित्यकारहरु डिआर पोखरेल, गोविन्दराज विनोदी, एलवी क्षेत्री, रमेश प्रभात, डा. एकनारायण पौडेल लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply