लियो क्लव अफ गैँडाकोटको पदहस्तान्तरण

0

गैँडाकोट २२ असार ।
लियो क्लव अफ गैँडाकोट मौलाकालीकाको पदहस्तान्तरण कार्यक्रम हिजो सम्पन्न भएको छ । बर्ष २०१७÷०१८ का लागी गत चैत्र १९ गते निर्वाचीत कार्यसमितीलाई हिजो पदहस्तान्तरण भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लव अफ गैँडाकोट मौलाकालीकाका पुर्व अध्यक्ष एवं रिजन चियर पर्सन कृष्ण पाण्डेको प्रमुख आतीथ्यमा भएको कार्यक्रममा बोल्दै लियो ३२६ वि टु नेपालका डिस्टिक अध्यक्ष सल्लाहकार प्रकाश अधिकारी, रिजन कोअर्डिनेटर दिप्सन ढुंगाना, लायन्स क्लव अफ गैँडाकोट मौलाकालीका अध्यक्ष सरस्वती सापकोटा, लायन्स क्लवका निर्वतमान अध्यक्ष डि बि गुंरुग लगायतले सामाजीक रुपान्तरणको लियोको भुमीका बलीयो बनाउन आग्रह गर्नुभयो ।

दुई चरणमा भएको कार्यक्रमको पहिलो चरणमा बर्ष २०१६÷०१७ का अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षता रहेको थियो भने पदस्थापन पछिको दोस्रो चरणमा नवनिर्वाचीत अध्यक्ष देवराज तिमिल्सेनाको अध्यक्षता रहेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष तिमिल्सेनाले बृद्धवृद्धा अपांग र असहायका लागी सहयोगी भुमीका निर्वाह गर्ने बताउनुभएको सचिव अजय पौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply