गैँडाकोटमा कुकुर आतंक, अटो रिक्सामा ल्याएर ककुर छाडिन्छ

0

गैँडाकोट, २१ अषाढ । गैँडाकोट वाड नं. १ का कुकुरको आतंकले वडाबासी त्रसित भएका छन् । गैँडाकोटका मौलाकालिका फेदि, मौलाकालिका मार्गमा केही बहुलाहा कुकुरका कारण वडाबासी त्रसित बनेको गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभएको छ । विजय एफ एमलाई जानकारी गराउँदै सापकोटाले कुकुरबाट सचेत रहन समेत वडा वासीलाई आग्रह गर्नुभएको छ । मंगलबारमात्रै मौलाकालिका फेदीमा दुई स्थानीयलाई बहुलाहा कुकुरले टोकेको सापकोटाले बताए । दुई तीन दिन यता कुकुरका कारण स्थानीयलाई समस्या हुने गरेको छ । यसैबीच मंगलबार मात्रै अज्ञात व्यक्तिले अटोरिक्सामा केही थान भरिएको बोरा गैँडाकोट २ शिलन्यास चोक नजिक फाले । अज्ञात व्यक्ति गइसकेपछि स्थानीयले बोरा चलेको देखेपछि त्रसित बने । यस पछि उनिहरुले बोरा खोतलेर हेर्दा कुकुर भटिएको स्थानीय कमला अधिकारीले बताउनुभयो । बहुलाहा कुकुरहरु बाहिरबाट गैँडाकोट क्षेत्रमा ल्याई छोड्ने क्रियाकलाप बढ्न सक्ने हुनाले सबै सचेत हुनुपर्ने स्थानीयको भनाई रहेको छ ।

Share.

Leave A Reply