कावासोतीमा पेस्तोल सहित दुई जना पक्राउ

0

गैँडाकोट, फागुन २३ । कावासोती १६ चालिस किलो जंगल स्थित पूर्व पश्चिम राजमार्गबाट दुई जना पेस्तोल सहित पक्राउ परेका छन् ।

आज दिउँसो जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्व बाट खटिएको चेकिङ टोलीले बिभिन्न सवारी साधनहरु चेकजाच गर्ने क्रममा उनिहरुलाई पक्राउ गरेको हो ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ५ ख ६५६३ नम्बरको बसमा सवार गोरखा चुमनुम्ब्री गाउँपालिका ३ बस्ने वर्ष १८ को दयाराम कार्कीमाथि शंका लागी चेक जाँच गर्दा उनको साथबाट हाल कम्पनीको नाम नखुलेको पेस्तोल १ थान फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व का सूचना अधिकारी  दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

उनिसँगै रहेका सोही स्थानका वर्ष १८ का गोबिन्द गुरुङलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको बताउनुभयो ।

Share.

Leave A Reply