वराह मन्दिर व्यवस्थित बन्दै

0


गोमा शर्मा
गैँडाकोट । गैँडाकोट १ स्थित वराह मन्दिर व्यवस्थित बन्दै गईरहेको छ । भगवान् वराहको कलात्मक शैलिको मन्दिर निर्माण गरिने भएपछि अझै यस्को रौनक वढेको छ ।
यहाँ पोखरीको बीच भागमा भगवान वराहको पुरातत्विक मूर्ति आकारको शिला भेटिएपछि संरक्षण र प्रवद्र्धन कार्यलाई अघि वढाईएको छ । ७१ सालमा समिति गठन गरि यस क्षेत्रमा गत पौषमा मन्दिरको शिलान्यास भएसँगै यसको निर्माण कार्य अघि वढेको छ । भगवान् वराहको कलात्मक मन्दिर निर्माण कार्यलाई यसैवर्ष सक्ने गरि तयारी भईरहेको भगवान् वराह दिव्यधाम श्वेत वराह मन्दिर सेवा समितिका अध्यक्ष वेदप्रसाद गौडेलले जानकारी दिनुभयो । कोभिडको कारणले धेरै काम गर्न नसकेपनि व्यवस्थित गराउँदै लगिएको बताउनुभयो । मन्दिर निर्माण तथा कार्यालय व्यवस्थापनका लागि २०७२ सालमा सप्ताह समेत लगाइएको थियो ।


भगवान् वराह दिव्यधाम श्वेत वराह मन्दिर सेवा समितिको चौँथो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य बिष्णुप्रसाद लामिछानेले गण्डकी प्रदेश धार्मिक तथा प्रर्यटकियरुपमा प्रसिद्ध रहेको जनाउँदै यसको प्रवद्र्धन गर्न सके आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताउनुभयो । त्यसका लागि प्रदेशका तर्फबाट पहल भईरहेको पनि बताउनुभयो । गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले गैँडाकोट १ धार्मिक स्थलका रुपमा धनि रहेको बताउनुभयो । उहाँले मन्दिरको व्यवस्थापन तथा विकासका लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।


मन्दिरका सचिव प्रमानन्द चालिसेले प्रगति तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै मन्दिर निर्माण, पोखरी निर्माण, शौचालय, खानेपानी, भोजनालय निर्माणसँगै तारबार गरिने बताउनुभयो । त्यस्तै उहाँले जय सन्तोषी माताको मन्दिर निर्माण गर्न पहल गर्ने बताउनुभयो । त्यस्तै कोषाध्यक्ष ढगेन्द्रराज सापकोटाले ८२ लाख ७ हजार ८ सय ७५ रुपैयाँको प्रस्तावित आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । लेखा तथा सुपरिवेक्षण समितिका संयोजक मेघबहादुर कुमालले प्रतिवेदन प्रस्तुत गर्दै ३ तले प्यागोडा शैलीको मन्दिर निर्माणको काम शुरु भएको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य मन्दिरका उपाध्यक्ष रामबहादुर सापकोटाले ब्यक्त गर्नुभएको थियो ।

Share.

Leave A Reply