मौलाकालिका मन्दिर जाने सिढि मार्गका दायाँ वायाँ बन्दै गरेका मुर्तिले पुर्णता पायो

0


माया कंडेल, गैंडाकोट
मौलाकालिका मन्दिर जाने सिढि मार्गका दायाँ वायाँ बन्दै गरेका मुर्तिले पुर्णता पाएको छ । यहि फागुन ४ गतेदेखि शुरु भएको आस्था राष्ट्रिय मुर्तिकला कार्यशालाको बुधबार समापन गरिएको हो । धार्मीक सेवा समिति मौलाकालिका मन्दिर गैंडाकोट, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र गैंडाकोट नगरपालिकाको आयोजनामा सो मुर्तिकला कार्यशाला भएको हो । सहयोगी संस्थाका रुपमा भने गैंडाकोट नगरपालिका वडा नम्बर १ को कार्यालय, मौलाकालि सामुदायिक वन, देवघाट क्षेत्र विकास समिति र हामी कलाकार रहेका छन ।
कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाले धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेको स्थानमा मुर्तिले अझै रौनकता थपेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले कलाकारको मेहनतको खुलेर प्रशंसा गर्नुभयो। उहाँले नगरपालिका र वडाबाट चाहेजति काम गर्न नसके पनि प्रयास रहने बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमुर्तिकला बिभाग प्रमुख लालकाजी लामाले यसले मन्दिर जाने पैदल यात्रुलाई थकान नहुने र मन्दिरका महत्व अझै बढ्ने बताउनुहुन्छ । यसले मौलाकालिका मन्दिरको धार्मीक, पौराणीक, सांस्कृतिक र पर्यटकीय पाटोमा पनि सहयोग पुग्ने उनिहरुको विश्वास छ ।
मौलाकालि सामुदायिक वनका अध्यक्ष काशीनाथ कंडेलले ईतिहासको पछाडी कसैको भुमिका हुने र अहिले बनेका मुर्तिले पनि ईतिहास लेख्ने बताउनुभयो । उहाँले मुर्ति निर्माण हुनु मात्रै ठ्लो कुरा नभएको र यसको संरक्षण मुख्य कुरा भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका संयोजक कलाकार भिम शर्माले कलाकारको मेहनत उर्जा र सबैको सहयोगले मुर्ति निर्माण कार्यले पूर्णता पाएको बताउनुभयो ।
कार्यक्रममा श्री धार्मीक सेवा समिति मौलाकालिका मन्दिर गैंडाकोटका अध्यक्ष शालिग्राम सापकोटाले मुर्तिकलाले मन्दिरको महत्व बढेको बताउदै कलाकार र सहयोगीलाई धन्यवाद दिनुभयो । यसरी मुर्ति निर्माण हुदा यसको धार्मीक, पौराणीक, पर्यटकिय विकासमा प्रर्वद्धन गर्ने सापकोटाको भनाई छ ।
कार्यक्रममा कलाकारहरुलाई सम्मान पनि गरिएको थियो । मन्दिर जाने सिढिमार्गको दाया वाया करिव १६ वटा मुर्ति बनेको छ । कार्यक्रमको सहजीकरण श्री धार्मीक सेवा समिति मौलाकालिका मन्दिर सचिव सुरेन्द्रप्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो भने स्वागत मन्तव्य खगेन्द्र कंडेलले व्यक्त गर्नुभएको थियो ।
भजनकिर्तन समेत गरिएको सो कार्यक्रममा सामाजिक र धार्मीक व्यक्तित्वको उल्लेखनिय उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply