गैँडाकोटका दुई पुरुष लागु औषध सहित पक्राउ

0

गैँडाकोट, फागुन १९ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी दिलिप कुमार गिरीका अनुसार गैडाकोट नगरपालिका वडा नं ५ बस्ने ३० वर्षीय तारा बुढामगर र बाग्लुङ साविक जैदी गाबिस वडा नं ९ हाल गैडाकोट नगरपालिका वडा नं ५ बस्ने २८ वर्षीय प्रेम कुमार रानालाई पक्राउ गरिएको हो ।
आज साँझपख पूर्व पश्चिम राजमार्ग स्थित कावासोती १६ को चालिसकिलो बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सवारी साधन चेकजाँचको क्रममा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना ७ ख ६८१ नं को बसमा यात्रा गरी आएका उनीहरुको साथबाट ६०÷६० एम्पुल डाईजापाम , फेनरागन र नुर्फिन नामक लागुऔषध फेला पारीएको गिरीले बताउनुयभो । उनीहरुविरुद्ध लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको छ ।

Share.

Leave A Reply