बिल बिना ल्याइएको ३ लाख बढिको सामान नवलपुर प्रहरीद्धारा बरामद

0

गैँडाकोट, फागुन १९ । जिल्ला प्रहरी कार्यालय नवलपुरले कानून विपरीत ल्याइएको सामान बरामद गरेको छ । आज ईलाका प्रहरी कार्यालय दुम्कीवासबाट खटिएको प्रहरी टोलीले बिनयी त्रिबेणी १ स्थित राजमार्गमा चेकजाँच गर्ने क्रममा ती सामान बरामद गरेको हो ।
पश्चिमबाट पूर्व तर्फ आउदै गरेका बिभिन्न सवारी साधनहरुमा रहेको झोला शंका लागि चेकजांच गर्दा करिव रु .३ लाख ३१ ह्जार २०० मुल्य बराबरको बिना बिलका लत्ता कपडाहरु फेला पारीएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारीदिनुभयो ।

उहाँका अनुसार २० मिटरको दरले ९३ पिस ( १८६० मिटर ) कुर्था थान कपडा,धोति (साडी) १६ पिस र चुण्डी(सल) ५५५ पिस बरामद भएको हो । बरामद भएका सामान आजै आबश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा पठाईएको उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply