कांग्रेस नेकपा दाहाल–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्छ : महामन्त्री कोइराला

0


फागुन १९, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ने नेकपा दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने बताउनुभएको छ । बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिनुभयो ।
उहाँले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताउनुभयो । प्रतिनिधिसभा सदस्य डा. कोइरालाले भन्नुभयो, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’ उहाँले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिनुभयो । फरक प्रसंगमा महामन्त्री डा. कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताउनुभयो । रासस

Share.

Leave A Reply