आकर्षक बन्दै मौलाकालिका, मूर्तिले थप्यो रौनकता

0


माया कँडेल
गैँडाकोट । गैँडाकोटमा रहेको धार्मिक आस्था बोकेको मौलाकालिका मन्दिरको फेदीबाट मन्दिर जानका लागि करिब २ किलोमिटर पैदल यात्रा गर्नुपर्छ । २ किलोमिटरको पैदल मार्गमा सिँढी निर्माण गरिएको छ । सोहि सिँढीमार्गको दायाँबायाँ ठूलासाना शिला देख्न सकिन्छ । आजभोलि केही मूर्तिकारहरुको दैनिकी यहाँ रहेका ढुङगालाई जीवन र आकार दिन व्यस्त देखिन्छ । धुलो र दुःखकष्ट नभनी उनीहरु यसैमा रमाउँछन्, यसले मौलाकालिका मन्दिरको धार्मिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय पाटोमा पनि सहयोग पुग्ने उनीहरुको विश्वास छ । मौलाकालिका मन्दिरको सिँढीमार्गमा शिवलिङ्ग बनाउन व्यस्त रहनुभएका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले यसले मन्दिर जाने पैदल यात्रुलाई थकान नहुने र मन्दिरका महत्त्व अझै बढ्ने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – बाल्यकालदेखि नै मूर्ति बनाउँदै आएको छु । यस काममा कहिल्यै दुःख महसुस भएन व्यावसायिक र सामाजिक दुबै पाटोबाट मूर्ति निर्माण गर्दा सुखको अनुभुति गर्छु । यसरी अहिले मूर्ति बनाउनु भनेको कलाकृतिको संरक्षण गर्नु पनि हो । हामीले यसरी काम नगरे कलाकृति मरेर जान्छ, नयाँ कलाकृति बनेन भनेपछि आउने पिँढीले कलाकृति देख्न पाउने छैनन्, यो समाजसँग जोडिने कुरा भएकाले पनि हामीले मेहेनत गरिरहेका छौं । यसले मौलिकता जोगाउने काम त गर्छ नै । साथै आर्थिक गतिविधि र पर्यटकीय गतिविधि बढाउन पनि मद्दत गर्छ ।


मूर्तिकार लक्ष्मण भुजेल अमूर्त शैलीमा मूर्ति बनाउँदै हुनुहुन्छ सृष्टि रचनाको प्रतीकका रुपमा आफ्नो कलालाई प्रस्तुत गर्दै हुनुहुन्छ । अन्य क्षेत्रमा आयोजना गरिएका कार्यक्रमभन्दा मौलाकालिका मन्दिरमा फरक तरिकाले गरिएकाले यसको महत्त्व अझै बढी हुने उहाँ बताउनुहुन्छ । धार्मिक आस्थालाई जीवन्त दिने तवरका विभिन्न मूर्तिहरु निर्माण भइरहेका छन् ।
उहाँ भन्नुहुन्छ – धार्मिक पर्यटकीय क्षेत्रलाई मध्यनजर गरेर काम भइरहेको छ । आस्थालाई मध्यनजर गर्दै सबैले मूर्ति निर्माण गरिरहनुभएको छ । मूर्त र अमूर्त रुपमा हामी धार्मिक आस्थासँग जोडिएर मूर्तिहरु निर्माण गरिरहेका छौँ । मान्छेलाई जीवनप्रतिको आशा जगाउने, आस्था झल्काउने काम गर्छ ।


मूर्र्तिकार राजन काफ्ले रौतहटबाट आएर अहिले मौलाकालिका मन्दिर जाने पैदल मार्गका दायाँबायाँ रहेका शिलामा आकार दिन व्यस्त हुनुहुन्छ । उहाँ मूर्ति निर्माण गर्दा खुशी हुने उहाँले भवन बन्नु, स्कुल बन्नु मात्रै विकास नभएर संस्कृति परम्परा, पौराणिक र धार्मिक सम्पदाको पनि विकास हुनुपर्छ भन्ने चेतना विकास हुनु सबैभन्दा राम्रो पक्ष रहेको बताउनुहुन्छ । यसले धार्मिक आस्था बोक्ने हुनाले पनि पैदल यात्री र सरोकारवालाले यसको संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ – सार्वजनिक स्थलमा यसरी मूर्ति निर्माण गर्नु राम्रो पक्ष हो धार्मिक रुपमा अझै मन्दिरको महत्त्व बढाउँछ तर कतिपय अवस्थामा केही व्यक्तिले यसको महत्त्व नबुझ्ने र फोटो खिच्ने नाममा यसैमाथि टेक्ने, एकअर्काका नाम लेख्ने र कुरुप बनाउने काम चाहि गर्नुहुँदैन । वर्र्षौंपछि हावा, पानी र विभिन्न कारणले खिइएर अर्को आकार दिएपनि कृत्रिम रुपमा भने यसलाई बिगार्नुहुँदैन भन्ने मान्यता छ ।


मूर्तिकार सरोज श्रेष्ठ काठमाडौंबाट आएर अहिले मौलाकालिका पैदल मार्गमा रहेका दायाँबायाँका शिलामा त्यो पनि शिव भगवान्को मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । ५ फिटको शिवको शिर बनाइरहनुभएका उहाँले मौलाकालिका मन्दिर धार्मिक आस्था बोकेको मन्दिर भएकाले पनि यसले मन्दिरको महत्त्व अझै झल्काउने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – ढुङगालाई देवता बनाउनुको आनन्द बैग्लै छ । हामी ढुङ्गामा केही मात्रा भएपनि देवताको आकार देख्दा पुज्छौँ । हाम्रो आस्था र विश्वास छ । झनै यसमा आकार दिएर काम गर्न पाउँदा त्यो पनि धार्मिक क्षेत्रमा धेरै खुसी लागेको छ । यो कर्मप्रति सन्तृष्ट छु म । मलाई यहाँको महत्त्व नै बेग्लै लाग्छ ।


आस्था थिमअन्तर्गत यहाँ निर्माण भइरहेका मूर्तिहरुका मूर्तिकारहरुमा एक मात्र महिला मूर्तिकारका रुपमा मूर्तिकार अनमारी तामाङ हुनुहुन्छ । भगवान् विष्णुको अवतारसँगै धैर्यसाथ काम गर्नुपर्छ भन्ने शिक्षा दिने उहाँ कछुवाको मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । उहाँले अहिले मन्दिर आउनेजाने व्यक्तिको थरिथरिका मूर्ति देख्दा रमाउँदै मन्दिरका उकाली चढ्ने र ओराली भरेको महसुस गरेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ –हामी मूर्ति बनाउँदै गर्दा मन्दिर जानेआउने व्यक्ति मुहारमा एक प्रकारको खुसी देख्छौँ ।मूर्तिका बारेमा सोध्नुहुन्छ । रमाइलो मान्दै हिँड्नुहुन्छ । त्यो देख्दा पनि छुट्टै खुसी लाग्छ । मैले कछुवाको मूर्ति बनाएको छु । कसैले यसलाई भगवान्को विष्णुको अवतार मान्न सक्नुहुन्छ अनि कसैले धैर्यको प्रतीकका रुपमा लिनुहुन्छ । हेर्ने दर्शकले आपूm अनुसार बुझ्ने र केही स्पेश राखेर मूर्ति बनाउँदा खुसी लाग्छ ।


चितवनका मूर्तिकार राजेश बरालले शिवलिङ्ग र नागको मूर्ति बनाइरहनुभएको छ । आफ्नै गाउँठाउँ र आपूm बच्चैदेखि आउने गरेको मन्दिरमा यसरी आफैले मूर्ति बनाउन पाउँदा खुसी लागेको बताउनुभयो ।२ दिन अध्ययन गरेर मूर्ति बनाउन सुरु गरेको पनि उहाँले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ – गणेश मन्दिर, कृष्ण मन्दिर कट्नेबित्तकै यसरी मूर्तिहरु देख्दा दर्शनार्थीलाई आनन्द आउँछ । यो ठाउँको महत्त्व अझै धेरै छ यसरी मूर्ति बनाइरहँदा अझ महत्त्व बढ्छ । आफ्नै ठाउँमा बनाउँदा खुसी त कति हो कति लागेको छ नि ।
यस्तै धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटाले मौलाकालिका मन्दिर व्यवस्थापन समिति, ललितकला प्रज्ञा प्रतिष्ठान र गैँडाकोट नगरपालिका सबैको सहकार्यमा मूर्ति निर्माण भइरहेको जानकारी दिनुभयो । यसरी मूर्ति निर्माण हँुदा यसको धार्मिक, पौराणिक र पर्यटकीय विकासमा प्रवद्र्धन गर्ने सापकोटाको भनाइ छ ।

उहाँ भन्नुहुन्छ – यसरी निर्माण हुँदा मन्दिरको महत्त्व पनि बढछ । यसले धार्मिक र सांस्कृतिक पाटोमा महत्त्व दर्शाउँछ । यो पहिलो वर्ष हो आगामी वर्ष पनि यस्ता कार्यक्रम अगाडि बढाउँछौँ । यसको संरक्षणको पाटो पनि छ । हामीले कसरी संरक्षण गर्ने महत्त्व बुझाउने पनि गर्छौंरेखदेखका लागि पनि मान्छे खटाउछौँ । यसमा त लगानी धेरै छ । अहिलेको वर्ष मात्रै १५÷१७ लाख छ । अब सबैको सहयोगले मन्दिरको महत्त्व झल्काउँछ । हामी मन्दिरको महत्त्व बुझाउन पक्कै पनि अग्रसर भएर काम गरिरहेका छौ र पछि पनि गर्नेछौँ ।


अहिले मन्दिर पुग्ने सिँढीमार्गको दायाँबायाँरहेका ठूलासाना शिलामा नाग, शिवलिङ्ग, गणेश, शिव, कछुवा, काली, वनकालीलगायतजीवन र जगत्सँग जोडिएका मूर्त र अमूर्त मूर्तिहरु बनिरहेका छन् । यसरी बनिरहेका मूर्तिले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढ्दै गएको मौलाकालिका मन्दिरमा थप आगन्तुकहरु भित्राउनका लागि महत्त्वपूर्ण हुने जनाइएको छ ।


के भन्छन् त भक्तजन?
गैँडाकोटका केशवहरि पौडेलले देशका विभिन्न सार्वजनिक स्थलमा यसरी मूर्ति निर्माण भइरहेको समयमा मौलाकालिका मन्दिरमा पनि निर्माण हुदा खुसी लागेको बताउनुभयो ।
दोस्रो पटक बीरगन्जबाट मन्दिर दर्शनका लागि आउनुभएका शारदा पराजुलीले अहिले आउँदा बाटामा मूर्ति बनेको देख्दा खुसी लागेको बताउनुभयो । अब आउँदा झनै रमाइलो हुने र थकान पनि महसुस नहुने बताउनुभयो ।
धादिङबाट सामाजिक विषयअन्तर्गत विद्यार्थीलाई धार्मिक महत्त्व बुझाउन मौलाकालिका मन्दिरको दर्शनका लागि आउनुभएका दर्शनार्थी शिक्षक उद्धव नेपालले अहिले बनिरहेको मूर्तिले महत्त्व अझै बढाएको बताउनुभयो । मन्दिरलाई सम्पदा सूचीमा समावेश गर्न पनि अब पहल गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

महेन्द्रोदय मावि धादिङबाट ८० जना विद्यार्थीसहित आउनुभएका अर्का शिक्षक कृष्णमान श्रेष्ठले बाटामा बनिरहेका धार्मिक, पर्यटकीय र सांस्कृतिक पक्षको उजागर गर्ने र कला तथा सीपको पहिचान दिने भएकाले निकै राम्रो लागेको बताउनुभयो ।
गैँडाकोट ५ की मनु ढकाल आपूmले थाहा पाउँदादेखि नै मन्दिर गएको सम्झनुहुन्छ । उहाँ मन्दिरको पैदल मार्गमा बनेका मूर्तिले मन्दिरको महत्त्व झल्काउन अझै बढी भूमिका खेल्ने बताउनुहुन्छ ।

Share.

Leave A Reply