नौमती बाजामा बस्यो रस, गैँडाकोटमा ब्राह्मणहरु बाजा बजाउँदै

0


पवित्रा पराजुली
गैँडाकोट । स्वर त्यति मिलेको छैन, लय र ताल पनि फरक छ र पनि नौमती बाजाको तालमा ताल मिलाउन ब्राह्मण समुदायका व्यक्तिहरु कस्सिएका छन् ।
हरेक साँझ गैँडाकोट १४ मा रहेको नागमन्दिरमा नौमती बाजा घन्किन्छ । यहाँ कुनै बिहे पूजाआजा भएर बाजा भने बजाइएको होइन । आफ्नो संस्कृतिको संरक्षण पनि हुने र आम्दानी पनि । यही ध्येयका लागि गैँडाकोट १४ का ब्राह्मण समुदायका २० जना समूह नै गठन गरी नौमती बाजा बजाउन सुरु गरेका छन् ।
लोप हुँदै गएको संस्कृतिको संरक्षणसँगै ब्राह्मणहरुले पनि बाजा बजाउन हुन्छ भन्ने कुरा प्रमाणित गर्नका लागि बाजा बजाउन सुरु गरिएको समूहका एक सदस्य हरिप्रसाद आचार्यले बताए । उनले भने –“ब्राह्मणले बजाउन हुन्न भन्ने छैन । आफ्नो कला, संस्कृति देखाउन र यसलाई प्रख्यात बनाउन बजाउन थालेका हौँ ।”
कुनै बेला दमाइँ बाजाको रुपमा कहलिएको नौमती बाजा बिस्तारै अन्य समुदायका व्यक्तिले पनि बजाउन थालेका छन् । सनाइ बजाएको देखेको भए पनि आफैले बजाएको भने गैँडाकोट १४ का हिरामणि शर्माको यो पहिलो अनुभव हो । कामले कुनै जात र धर्म नभन्ने भएकाले आपूmहरुले ब्राह्मण नौमती बाजा समूह गठन गरी बाजा बजाउन सुरु गरेको बताए । यसले अब आउने पुस्तालाई संस्कृति हस्तान्तरण गर्न सजिलो हुने उनको विश्वास छ । उनले भने–“मिसिन सिलाउँदैमा दमाइँ भइँदैन, अनउ समाउँदैमा हली भइँदैन, बाजा समाउँदैमा दमाइँ भइँदैन ।”
सुरुवाती चरणमा व्यक्तिगत खर्चमा बाजा खरिद गरी नौमती बाजा सिक्दै छन् । करिब एक लाखको लगानीमा बाजा खरिद गरी बजाउन सुरु गरेका हुन् । कर्नाल बजाउँदै गरेका याम अधिकारी पनि निकै उत्साहित देखिन्छन् । उनले भने –“ यो सीप पनि हो, सिक्दै जाँदा झनै रस बसेको छ ।”
साँस्कृतिक बाजाका रूपमा प्रयोग हँुदै आएको मौलिक संस्कृतिको धरोहर हो, नौमती बाजा । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । संस्कृतिको जगेर्ना सँगै आम्दानीको स्रोत बनाउन गैँडाकोट १४ मा रहेका ब्राह्मण समुदायका व्यक्तिहरुले नौमती बाजा बजाउन सुरु गरेका हुन् । उनीहरु हरेक साँझ यसरी नै बाजा बजाउन सिकिरहेका छन् । यसले लोप हँुदै गएको संस्कृतिको जगेर्ना पनि हुने र रोजगारी पनि सिर्जना हुने उनीहरुको विश्वास छ ।

 

https://www.facebook.com/118604811544680/videos/3376740502430915

 

Share.

Leave A Reply