संसद पुर्नस्थापना, १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश, सर्वोच्चको निर्णयको स्वागत

0


११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने गरी आदेश दिएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको हो । संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुर्नस्थापनाको फैसला गरेको हो । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर्नुभएको थियो । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए । रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको थियो ।
सर्वोच्चको यो निर्णयलाई धेरैले स्वागत गरेका छन् । सामाजिक सञ्जालमा सर्वोच्चको निर्णयको स्वागत गर्दै संविधानको रक्षा भएको प्रतिक्रिया दिएका छन् ।

Share.

Leave A Reply